नेपाली किशाेर वर्ल्ड पाना च्याम्पियनशिप उपाधि जित्न सफल

काठमाडौं, भदाै ७ गते । नेपाली किशोर शाश्वत रानाले वर्ल्ड पाना च्याम्पियनशीपको उपाधि जितेका छन् । डेनमार्कको कोपनहेगनमा शनिबार भएको वर्ल्ड पाना च्याम्पियनशीप– २०२० मा १३ वर्षीय रानाले उपाधि जितेका हुन् ।

एकविरुद्ध एक जना खेलाडी हुने पाना खेल अमेरिका र यूरोपमा स्ट्रिट गेमको रुपमा चर्चित छ । उनले सात खेल खेलेका थिए । तीन खेलमा तीन पाना (नकआउट) भए भने बाँकी चार खेल जितेका थिए । खेलमा डेनमार्क दोस्रो र जर्मनी तेस्रो रह्यो । वर्ल्ड पाना च्याम्पियनशीप– २०१९ मा उनी तेस्रो भएका थिए ।

२०७७ भाद्र ८, सोमबार मा प्रकाशित