क्रिकेट संघद्वारा प्रशिक्षकसहितका कर्मचारी भर्नाका लागि दरखास्त आव्हान

पाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षकसहितका प्राविधिक कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

क्यानले आज मुख्य प्रशिक्षकसहित महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षक ७ जनाका लागि खुल्ला दरखास्त आह्वान गरेको छ ।

क्यानले अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीसँगको समन्वयमा रिक्त पदमा विज्ञापन खुलाएको हो ।

यसअघि गत असार २६ गते बसेको क्यानको बैठकले एक हप्ताभित्र मुख्य प्रशिक्षकसँगै महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षक नियुक्तिका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो । तर आइसीसीको प्रक्रियामा ढिलाई भएको कारण देखाउँदै क्यानले झन्डै डेढ महिनापछि विज्ञापन खुलाएको हो ।

गत फेब्रुअरीमा भएको विश्व क्रिकेट लीग अन्तर्गतको घरेलु श्रृंखला लगत्तै नेपाली टोली मुख्य प्रशिक्षकविहीन छ ।

क्यान निलम्बनमा रहेको बेला राष्ट्रिय खेलकूद परिषद् र आइसीसीको सहमतिमा उमेश पटवाल एक वर्षको लागि नेपालको प्रशिक्षक बनेका थिए । तर उनले सम्झौता सकिनु अघि नै राजीनामा दिएका थिए ।

२०७७ भाद्र २०, शनिबार मा प्रकाशित