इंग्लिस प्रिमियर लिग : ह्युङ मिन सन र ह्यारी केनको शानदार प्रदर्शनमा टोटेनहामको फराकिलो जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहाम हट्स्पर्सले साउथहाम्प्टनमाथि ५-२ को सहज जित दर्ता गरेको छ। टोटेनहामको जितमा ह्युङ मिन सनले व्यक्तिगत ४ गोल गर्दा कप्तान ह्यारी केनले ४ असिस्ट तथा १ गोल गरे।

खेलको तेस्रो मिनेटमा ह्यारी केनको गोल अफसाईड ठहरिदा टोटेनहाम सुरुवाती अग्रता हात पार्नबाट चुकेको थियो। त्यसपछि खेलको ३२ औं मिनेटमा साउथहाम्प्टनले ड्यानि इन्ग्सको गोलमा सुरुवाती अग्रता लिएको थियो। तर, साउथहाम्प्टनको उक्त अग्रता धेरै समय कायम रहन सकेन। खेलको पहिलो हाफ अगाडी ह्युङ मिन सनले गोल गर्दै खेल बराबरीको स्थितिमा पुर्याएका थिए ।

दोस्रो हाफमा आक्रामक खेल पस्केको टोटेनहामले खेलमा गोलको वर्षात गराएको थियो। ४७ औं मिनेटमा ह्यारी केनको पासमा सनले व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा टोटेनहामलाई अग्रता दिलाएका थिए।

खेलको ६३ औं मिनेटमा ह्यारी केनकै पासमा ह्युङ मिन सनले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा टोटेनहाम खेलमा मजबुत स्थितिमा पुगेको थियो। सन र केनको आक्रमण अझै सकिएन। खेलको ७३ औं मिनेटमा सनले व्यक्तिगत चौथौ गोल गरे जुन केनकै पासमा सम्भव भएको थियो। ४ पास गरिसकेका ह्यारी केनले खेलको ८२ औं मिनेटमा गोल गर्दै टोटेनहामलाई ५-२ को शानदार पुनरागमन जित दिलाएका थिए। ९० औं मिनेटको खेलमा ड्यानि इन्ग्सले व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा पेनाल्टि मार्फत सान्तवना गोल फर्काएका थिए।

यसअघि लिगको पहिलो खेलमा टोटेनहाम एभर्टनसँग १-० ले स्तब्द बनेको थियो।

२०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment