IPL : कोलकाताको पहिलो जित, हैदराबादको जितको प्रतीक्षा जारि

युएईमा जारि १३ औं संस्करणको आईपिएल अन्तर्गत आठौँ खेलमा दिनेश कार्तिकको कप्तानिमा रहेको कोलकाता नाइट राइडर्सले डेभिड वार्नरको कप्तानिमा रहेको सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध १० रनले पराजित भएको हैदराबादको जितको प्रतीक्षा लम्बिएको छ।

१४३ रनको मध्यम लक्ष्य पछ्याएको कोलकाताले १८ ओभरमा ३ विकेट गुमाएर भेटायो जसका लागि युवा खेलाडी सुभमन गिलले ६२ बलमा ७० रनको ( ५ चौका र २ छक्का) अविजित अर्धशतकीय पारि खेले। कोलकाताका ओपनर सुनिल नारायण दोस्रो ओभरमा खलिल अहमदको बलिंगमा खाता नखोलि लंग अनमा डेभिड वार्नरको हातबाट समातिए। दोस्रो विकेटका लागि गिलले नितिस राणासंग ३७ रनको साझेदारी गर्दा राइडर्सको पारि सम्हालिएको थियो। राणा १३ बलमा २६ रन ( ६ चौका ) बनाएर नटराजनको बलिंगमा विकेटकिपर शाहको हातबाट आउट भए।

        युवा खेलाडि सुभमन गिलले अविजित ७० रन बनाए

दोस्रो नम्बरमा ब्याटिंग गर्न आएका कप्तान कार्तिकले लामो समय क्रिजमा बिताउन सकेनन्। उनि लेग स्पिनर राशिद खानको बलिंगमा व्यक्तिगत शुन्यको स्कोरमा आउट भए। चौथौ विकेटका लागि गिलले ओएन मोर्गनसंग ९२ रनको अविजित साझेदारी गर्दै कोलकातालाई सहज जिततर्फ डोर्याए। मोर्गानले २९ बलमा ४२ रनको ( ३ चौका र २ छक्का) पारि खेले।

हैदराबादको बलिंगतर्फ खलिल अहमद, राशिद खान र नटराजनले समान एक-एक विकेट लिए। नाबिले किफायती बलिंग गर्ने क्रममा मात्र २३ रन खर्चिए।

हैदराबादको ब्याटिंगमा पाण्डेको अर्धशतक 

                                                                                                                   मनिष पाण्डेले ५१ रन बनाए

यस अघि पहिले टस जितेर ब्याटिंगको निर्णय लिएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाएको थियो जसका लागि मनिष पाण्डेले ३८ बलमा ५१ रनको (३ चौका र २ छक्का) अर्धशतकीय पारि खेले।

५ रनको व्यक्तिगत स्कोरमा प्याट कमिंसले पछिल्लो खेलमा ६१ रन बनाएका जोनी बेयरस्टोलाई बोल्ड गरे जसपछि कप्तान डेभिड वार्नरले पाण्डेसगँ ३५ रनको साझेदारी गर्दा हैदराबाद सम्हालिएको थियो। वार्नर ३० बलमा व्यक्तिगत ३६ रन (२ चौका र १ छक्का) बनाएर वरुण चक्रवर्तीबाट बलमा आउट भए। पाण्डेले ३१ बलमा ३० रन (१ चौका र छक्का) बनाएर आउट भएका रिद्दिमान शाहसंघ तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे। अन्त्यमा मोहम्मद नाबीले ८ बलमा २ चौकाको मद्दतमा अविजित ११ रन बनाउदै हैदराबादलाई १४२ रनको सम्मानजनक योगफलतर्फ उन्मुख गराएका थिए।

कोलकाताको बलिंगतर्फ प्याट कमिंसले ४ ओभरमा १९ रन खर्चिएर १ विकेट लिए। यस्तै, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान एक-एक विकेट हात पार्दा अन्य बलर विकेटविहिन रहे। खेलमा कप्तान दिनेश कार्तिकले ७ जना बलरको प्रयोग गरेका थिए।

जितसगैँ कोलकाता २ खेलमा १ जित र १ हारसहित अकंतालिकाको पाचौँ स्थानमा उक्लिएको छ भने २ खेलमा २ हार पछि हैदराबाद पुछारमा रहेको छ।

आगामी खेल : लिग अन्तर्गत भोलि (सोमबार) राजस्थान रोयल्स र किङ्ग्स-११ पन्जाब बिच प्रतिस्पर्धा हुनेछ। यस्तै, कोलकाताले आफ्नो आगामी खेल सेप्टेम्बर ३० मा राजस्थान रोयल्ससँग खेल्नेछ भने हैदराबादले सेप्टेम्बर २९ मा अंकतालिकाको शिर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सको सामना गर्नेछ।

२०७७ आश्विन ११, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment