वेस्टह्यामले अपत्यारिलो पुनरागमन गर्दा टोटनह्याम बराबरीमा रोकियो, भिल्लाको अपराजित यात्रा जारी

इंग्लिस प्रिमियर लिग अन्तर्गत छैटौं चरणको खेलमा टोटेनह्याम हट्स्पर वेस्टह्यामसँग ३-३ को बराबरीमा रोकिएको छ। गए राती टोटेनह्याम हट्स्पर स्टेडियममा भएको खेलमा ३-० ले पछाडीएको वेस्टह्यामले अन्तिम १० मिनेटमा ३ गोल फर्काउदै अंक बाढेको हो।

आक्रामक सुरुवात गरेको टोटेनह्यामले सुरुवाती १६ मिनेटमा ३ गोलको अग्रता आत्मसात गरेको थियो। उसका लागि सन ह्युङ-मिनले खेलको पहिलो मिनेटमै गोल गरेका थिए। खेलको पाचौं मिनेटमा ऐरन क्रेसवेलले गरेको फ्रिकिकमा टोटेनह्यामका गोलरक्षक हुगो लोरिसले उत्कृष्ट बचाउ गर्दा भिल्ला बराबरी गोल फर्काउनबाट चुकेको थियो। ८ औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै टोटेनह्यामलाई दोस्रो अग्रता दिलाएका थिए। उनले सनले मिलाएको पासमा पेनाल्टि क्षेत्रभन्दा ठिक बाहिरबाट प्रहार गर्दै गोल गरेका थिए।

१६ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेह्यामलाई ३-० को अग्रता दिलाए। सर्जियो रेगुइलोनले गरेको क्रसमा उनले उत्कृष्ट हेडर गोल गरेका थिए। ७३ औं मिनेटमा ग्राथ बेलले पुन: टोटेनह्यामका लागि डेब्यु गर्ने क्रममा मैदान प्रवेश गरेका थिए। अवगत रहोस् २०१३ मा बेल टोटेनह्यामबाट रियल म्याड्रिडमा आवद्ध भएका थिए। ८२ औं मिनेटसम्म ३-० को फराकिलो अग्रता कायम गरेको टोटेह्याम अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा चित्त बुझाउनु पर्यो।

८२ औं मिनेटमा क्रेसवेलको फ्रिकिकमा फाबियान बलबोएनाले हेडमार्फत गोल गर्दै भिल्लालाई खेलमा फर्काएका थिए। लगत्तै ८४ औं मिनेटमा सान्चेजले आतम्घाति गोल गर्दै भिल्लालाई पुनरागमन गर्ने मौका दिएका थिए। अतिरिक्त समयको चौथौं मिनेटमा लान्जिनीले लंग रेन्ज प्रहारमा अदभुत गोल गर्दै टोटेनह्यामलाई स्तब्द पारेका थिए। पेनाल्टि क्षेत्रभन्दा बाहिरबाट बायाँ कर्नरमा गरेको प्रहारमा गोलरक्षक लोरिसलाई कुनै अवसर थिएन। यससँगै वेस्टह्याम प्रिमियर लिग इतिहासमै ८१ औं मिनेटसम्म ३-० ले पछाडी परेको अवस्थाबाट हार टार्ने पहिलो टोलि बनेको छ।

६ खेलमा ८ अंकसहित टोटेनह्याम तालिकाको छैटौं स्थानमा छ भने समान खेल खेलेको वेस्टह्याम ७ अंक बटुल्दै आठौँ स्थानमा छ।पहिलो स्थानमा रहेको एभर्टनको ५ खेलमा १३ अंक छ। यस्तै, दोस्रो स्थानमा एस्टोन भिल्ला, तेस्रो स्थानमा लिभरपुल, चौथौंमा लेस्टर सिटी तथा पाचौं स्थानमा आर्सनल रहेको छ।

भिल्लाको अपराजित यात्रा कायमै, लेस्टर पराजित  

यस्तै, गए राती सम्पन्न अन्य खेलमा एस्टोन भिल्लाले लेस्टर सिटीमाथी १-० को जित निकालेको छ। बार्कलेले अतिरिक्त समयमा गोल गर्दै भिल्लालाई जित दिलाएका थिए। हालसम्म ४ खेल खेलेको भिल्ला सतप्रतिशत जित निकाल्दै तालिकाको दोस्रो स्थानमा छ। लेस्टर ५ खेलमा ९ अंकसहित चौथौं स्थानमा छ।  सेफिलल्ड युनाइटेड र फुलह्यामले तथा क्रिस्टल प्यालेस र ब्राइटनले १-१ को बराबरी खेलेका छन्।

२०७७ कार्तिक ३, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment