बंगलादेशसंग मैत्रीपूर्ण खेलको लागि एन्फाले प्रशिक्षण थाल्ने

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले यसअघि नै क्याम्पमा बोलाएका ३५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ ।

एन्फाले बंगलादेशविरुद्धकोमैत्रीपूर्ण खेलका लागि खेलाडीलाई कात्तिक १२ गते क्याम्पमा बोलाएको छ । सबै खेलाडीलाई दशैको लगत्तै अर्थात कात्तिक १२ गते एन्फामा रिपोर्ट गर्न भनिएको छ ।

फिफा विश्वकप छनोटका लागि प्रशिक्षणमा बोलाइएका खेलाडीलाई नै बंगलादेशको मैत्रीपूर्ण खेलको तयारीमा बोलाइएको छ । सबै खेलाडी काठमाडौमा आएपछि पीसीआर परिक्षण हुनेछ ।

यसपटक पनि यसअघि कारवाहीका कारण क्याम्पमा नपरेका खेलाडी विमल घर्तिमगर सहित अरु तीन जना नपर्ने भएका छन । बंगलादेशको मैत्रीपुर्ण खेल अगाडी नेपाली टिमले एक साता जति नेपालमा नै प्रशिक्षण गर्नेछ । त्यसपछि खेलको एक साता अगाडी टिम बंगलादेश जानेछ ।

ढाकामा हुने दुई वटा मैत्रीपूर्ण खेल अगाडी टिम एक साता त्यहाँ पुगेर बंगलादेश सरकारको नियम अनुसार आइसोलसनमा बसेर कोरोना परिक्षण गर्नेछ । त्यसपछि टिम प्रशिक्षणमा जानेछ ।

नेपालले बंगलादेशको बंगबन्धु रंगशालामा कार्तिक २८ र मंसिर एक गते दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । कोरोना भाइरसका कारण ६ महिनादेखि घरमा नै रहेका नेपाली फुटबलरले बल्ल प्रशिक्षण गर्न र खेल खेल्न पाउने भएका छन ।

बंगलादेशसँगको खेललाई एन्फाले फिफा विश्वकप छनोटको तयारीका रुपमा लिएको छ । पछिल्लो पटक एन्फाले राष्ट्रिय खेलकुद परिषद्बाट सावधानीका साथ प्रशिक्षण गर्न र बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि अनुमति दिएको थियो । नेपालमा कोरोनाको संक्रमण अझैपनि भयाभव भइरहेको अवस्थामा दुबै खेल ढाकामा खेल्ने पक्का भएको हो ।

बंगलादेशका यू १९ टिमका तीन खेलाडीमा कोरोना पोजेटिभ देखिएको छ । हाल प्रशिक्षणमा रहेका खेलाडीमा अरु १५ जनामा पनि लक्षण देखिएको बताइएको छ ।

बंगलादेश क्रिकेट बोर्डका विकास अधिकृत कावसेरले यू–१९ एशिया कपको तयारीमा रहेको टिमका तीन खेलाडीमा कोरोना देखिएको पुष्टि गरे ।

अर्को महिना यूएईमा हुने भनिएको प्रतियोगिताको तयारीमा रहेको टिमको प्रशिक्षण अहिले बन्द गरिएको छ । अब प्रशिक्षण अर्को चरणको परिक्षणपछि आउने महिनामात्र सुरु हुनेछ ।

टिमका सबै खेलाडीलाई आइसोलेसनमा राखिएको छ । पोजेटिभ देखिएका खेलाडीसँगै बस्ने अरुलाई पनि आइसोलेट गरिएको छ भने लक्षण देखिएका सबै खेलाडीलाई छुट्टा छुट्टै आइसोलेट गरिएको छ । बोर्डले पोजेटिभ आउने खेलाडीको नाम भने सार्वजनिक गरेको छैन ।

कोरोनाका कारण यू १९ एशिया कप सरेको छ । जसका कारण बंगलादेशले हतार नगरेर प्रशिक्षण गर्ने बताएको छ । बोर्डले एशिया कपका लागि अक्टोबर एक तारिखबाट युवा टिमको क्याम्प राखेको थियो । जसमा २८ खेलाडीलाई समावेश गरिएको थियो ।

( साभार – रेडियो नेपाल )

२०७७ कार्तिक ६, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment