मैत्रीपूर्ण खेलमा बंगलादेशसंग नेपाल पराजित

बंगलादेश भ्रमण अन्तर्गत नेपाली फुटबल टिमले घरेलु टोलि बंगलादेश विरुद्ध पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा २-० को हार बेहोरेको छ। योसंगै नेपाल बंगलादेशविरुद्ध ५ वर्ष पछि पराजित भएको हो। बंगबन्धु रंगशालामा सम्पन्न खेलमा बंगलादेशका लागि नविद जीवन र मह्बुबुर रहमानले समान १-१ गोल गरे।

खेलको दशौँ मिनेटमा नविद जीवनले गोल गर्दै घरेलु टोलि बंगलादेशलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले पछाडी परेको नेपालले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो। दोस्रो हाफमा अधिकांश खेल आफ्नो नियन्त्रणमा राखेता पनि नेपालले बराबरी गोल फर्काउन सकेन। ७९ औं मिनेटमा मह्बुबुर रहमानले काउन्टर अट्याकमा उत्कृष्ट गोल गर्दै बंगलादेशलाई जित दिलाएका थिए।

खेलमा नेपालका लागि बिकाश खवासले पहिलो रोजाईमा पर्दै तथा एरिक विष्ट र दर्शन गुरुङले परिवर्तन भएर मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीका लागि डेब्यु गरे। कोरोना महामारी कारण नेपालले करिब ८ महिनापछि पहिलो पटक अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको हो। अब नेपालले मङ्सिर २ गते बंगलादेश विरुद्धनै दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ।

२०७७ कार्तिक २८, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment