चेल्सी,बार्सिलोना र युभेन्टस च्याम्पियन्स लिगको प्री-क्वाटरमा

युइफए च्याम्पियन्स लिग अन्तर्गत को आ-आफ्नो खेल जित्दै चेल्सी बार्सिलोना र युभेन्टस प्री क्वार्टर फाइनल मा प्रबेश गरेका छन्।

चेल्सी ले फ्रेन्च क्लब रेन्सलाई २-१ ले हरायो । रेन्सको घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सीलाई जिताउन कलुम होडसन ओडोइ र ओलिभियर जिरुड ले १-१ गोल गरे। सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका जिरुडले खेलको ९२ औ मिनेटमा उत्कृष्ट हेडिङ गोल गर्दै चेल्सीलाई महत्त्वपूर्ण ३ अङ्क दिलाए । यो नतिजा संगै चेल्सी चार खेल मा १० अङ्क को साथमा आफ्नो ग्रुपको पहिलो स्थानमा छ ।

यस्तै अर्को खेलमा स्पेनिस क्लब बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभ लाई ४-० गोल अन्तरले हरायो । धेरैजसो पहिलो रोजाइको खेलाडी बिना मैदान उत्रिएको बार्सिलोनाको जितमा ब्राथवेटले २ गोल गरे भने ग्रीज्मन र डेस्ट ले १/१ गोल गरे ।

त्यस्तै ग्रुप जि कै अर्को खेलमा इटालियन क्लब युभेन्टसले हङ्गेरियन क्लब फ्रेन्क्भारोस लाई कठिन तरिका ले २-१ ले हरायो । उसका लागि कृस्टियानो रोनाल्डो र अल्भारो मोराटा ले १/१ गोल गरे । मोराटाले खेल सकिन केही मिनेटअघि मात्र गोल गरेका थिए। ४ खेल बाट ९ अङ्क बनाएको युभेन्टस समूह जिको दोश्रो स्थानमा छ।

यस्तै अरु खेल मा म्यान्चेस्टर युनाईटेड ,सेभिया ,पि.एस.जि ,ब्रुसिया डर्ट्मन्ड ,लाजियोले पनि आ-आफ्नो खेलमा जित हात पारेका छन्।

२०७७ मंसिर १०, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment