फिफा ‘द बेस्ट’ फुटबल अवार्ड : कुन विधामा को-को परे मनोनयनमा

डिसेम्बर १७ तारिखमा आयोजना हुने विश्व फुटबलको सर्वोच्च संस्था फिफाले हरेक वर्ष प्रदान गर्दै आएको दी बेस्ट फिफा अवार्डको मनोनयन सार्वजनिक भएको छ ।

विश्व फुटबल अवार्ड प्रतियोगिताका लागि पुरुष र महिला उत्कृष्ट खेलाडीसहित विभिन्न ७ विधाको मनोनयन सार्वजनिक भएको छ । बेस्ट अवार्ड अन्तर्गत महिला र पुरुष उत्कृष्ट खेलाडीसहित महिला र पुरुष उत्कृष्ट प्रशिक्षक, महिला र पुरुष उत्कृष्ट गोलकिपर र उत्कृष्ट गोलकर्ताले पाउने पुरस्कार अवार्डको मनोनयन सार्वजनिक भएको हो । फिफाले महिला र पुरुष उत्कृष्ट खेलाडीको लागि ११-११ खेलाडीको नाम सार्वजनिक गरेको छ ।

महिलातर्फको मनोनयन

दी बेस्ट फिफा वुमन्स प्लेअर : डेलफिन कासकारिनो, भिभिएने मिएडेमा, पर्निल हार्डनर, जेनिफर हर्मोसो, जि सो युन, साम केर, साकी कुमागई, जेनिफर मारोज्सान,कारालाइन ग्राहम हानसेन, , वेन्डी रेनार्ड,लुसी ब्रोन्ज

दी बेस्ट फिफा वुमन्स गोलकिपर: अन काट्रिन बर्गर, साराह बउहाडी, क्रिस्टियन एनडलर, हेडभिग लिन्डाहल, एलिसा नाएहर, एलिई रोएबक

दी बेस्ट फिफा वुमन्स कोच: लुइस कोर्टेस, रिता गुएरिनो, एम्मा हायस, स्टेफान लेर्च, हेगे रिसे, जिएन लुसी भासेर, सारिना विगमन

पुरुष तर्फको मनोनयन

दी बेस्ट फिफा मेन्स प्लेअर: क्रिस्टियानो रोनाल्डो, लिओनल मेसी,रोवर्ट लेवान्डोस्की, केभिन डे ब्रुएना, नेमार, मोहम्मद सालाह,सर्जियो रामोस, किलिएन एमबाप्पे,भर्जिल भान डाइक, साडियो माने, थियागो अलकान्टारा

दी बेस्ट फिफा मेन्स गोलकिपर: एलिसन बेकर, टिबाउट कोर्तवा, केइलर नाभास, मानुएल नोएर, मार्क आन्द्रे टेर स्टेगन, जान ओबलाक

दी बेस्ट फिफा मेन्स कोच : जिनेदिन जिदान, योर्गन क्लोप,मार्सेलो बिएस्ला, हान्स डिएटर फ्लिक, युलेन लोपेटेगुइ

मनोनयनमा परेका खेलाडीबाट डिसेम्बर ११ मा फिफाले तीन जना खेलाडीको नाम सार्वजनिक गर्नेछ । फिफाले डिसेम्बर १७ ताखिरमा यो अवार्डको घोषणा गर्नेछ । कोरोना महामारीका कारण यस वर्षको अवार्ड कार्यक्रम भर्चुअल माध्यमबाट बताइएको छ ।

२०७७ मंसिर १०, बुधबार मा प्रकाशित