दक्षिण अफ्रिका र इंग्ल्याण्डबीच ३ खेलको टि-ट्वान्टी शृंखला आज सुरु हुँदैछ। सिरिज अन्तर्गत पहिलो खेल नेपाली समय अनुसार रातिको ८:१५ बजे केप टाउन स्थित न्युल्यान्ड्स क्रिकेट स्टेडियममा सुरु हुनेछ। टि-ट्वान्टी सिरिजपछि ३ खेलको एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ।
कोरोनाको महामारीपछि यो दक्षिण अफ्रिकाको पहिलो अन्तराष्ट्रिय सिरिज हो। यस अघि इंग्ल्याण्डले वेस्ट इन्डिज र पाकिस्तानसंग घरेलु मैदानमा अन्तराष्ट्रिय सिरिज खेलिसकेको छ। इंग्ल्याण्डले कोरोनाको महामारीपछि पहिलो पटक अन्तराष्ट्रिय सिरिजको लागि भ्रमण गरेको हो। दक्षिण अफ्रिकाले पछिल्लो पटक अष्ट्रेलियाविरुद्ध घरेलु मैदानमा अन्तराष्ट्रिय सिरिज खेलेको थियो। पछिल्लो पटक इंग्ल्याण्डले दक्षिण अफ्रिकाको भ्रमण गर्दा टि-ट्वान्टी सिरिजमा घरेलु टोलि २-१ ले पराजित भएको थियो। दुवै टोलिका खेलाडीहरु युएईमा सम्पन्न १३ औं संस्करणको आईपिएलामा सहभागी थिए।
हेड टु हेड : हालसम्म यी दुई टोलिबीच कुल २२८ पटक प्रतिस्पर्धा भएको छ। इंग्ल्याण्डले ९७ तथा दक्षिण अफ्रिकाले ७१ खेलमा जित आताम्सात गरेको छ। इंग्ल्याण्डले टेस्ट फर्म्याटमा दबाब कायम राख्दा दक्षिण अफ्रिकाले निर्धारित ओभरको खेलमा राम्रो नतिजा निकाल्न सकेको छ। कुल १५३ टेस्ट खेलमा प्रतिस्पर्धा गर्दा इंग्ल्याण्ड ६४ तथा दक्षिण अफ्रिका ३४ खेलमा विजयी भएको छ। यी दुई टोलि ६० एकदिवसीय खेलमा आमने-सामने हुदाँ इंग्ल्याण्डले २७ तथा दक्षिण अफ्रिकाले २९ खेलमा जित हात पारेको छ। यस्तै, १८ अन्तराष्ट्रिय टि-ट्वान्टी खेलमा प्रतिस्पर्धा गर्दा इंग्ल्याण्डले ८ तथा दक्षिण अफ्रिकाले ९ खेलमा जित हासिल गरेको छ।
This is not just a net…
This is a @JasonRoy20 & @benstokes38 net ?
Sound on for this! ? ? ? pic.twitter.com/nodA32b2o8
— England Cricket (@englandcricket) November 20, 2020
दक्षिण अफ्रिका : कोरोनाको महामारीपछि दक्षिण अफ्रिकाको यो पहिलो अन्तराष्ट्रिय सिरिज हो। क्विन्टन डिककको कप्तानीमा रहेको दक्षिण अफ्रिकी टोलीमा युवा खेलाडीहरुको बाहुल्यता छ। युएईमा सम्पन्न १३ औं संस्करणको आईपिएलमा दक्षिण अफ्रिकी खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए। दायाँ हाते तीव्र गतिका बलर कागीसो रबाडाले ८.३४ को इकोनोमीमा सर्वाधिक ३० विकेट हात पार्दै पर्पल क्याप आताम्सात गरेका थिए। क्रिस वोक्सलाई प्रतिस्थापन गर्दै दिल्लीको प्रतिनिधित्व गरेका एन्रिक नोर्कियाले २५ विकेट लिएका थिए जसदौरान लिग इतिहासकै फास्ट बल गरेका थिए। फाफ डुप्लेसिस, क्विन्टन डिकक र लुंगी एन्गीडीले पनि प्रभावशाली प्रदर्शन गरेका थिए। रोयल च्यालेंजर्स बैंगलोरको प्रतिनिधित्व गर्दै सानदार प्रदर्शन गरेका क्रिस मोरिस भने स्क्वाडमा अटाएनन्। यी खेलाडीहरु एकजुट भएर राष्ट्रको लागि कस्तो खेल्छन् भन्ने सबैमा कौतुहलता रहेको छ।
दक्षिण अफ्रिकाको सम्भावित-११ : क्विन्टन डीकक (कप्तान, विकेटकिपर), टेम्बा बभुमा, फाफ डुप्लेसिस, रासी भ्यानडर डुसेन, हेनरिक क्लास्सेन, डेविड मिल्लर, रिजा हेन्द्रिक्स, कागीसो रबाडा, लुंगी एन्गीडी, ताव्रेज शाम्सी, एन्रिक नोर्किया
इंग्ल्याण्ड : पछिल्लो समय अन्तराष्ट्रिय क्रिकेटमा दबाब कायम राखेको इंग्ल्याण्ड निर्धारित ओभरको खेलमा निकै मजबुत देखिन्छ। ओएन मोर्गानको कप्तानीमा रहेको इंग्ल्याण्ड टोलीको टप अर्डरमा थुप्रै विकल्प रहेको छ। टप अर्डरमा जोश बटलर, जासोन रोय, डेविड मलान र जोनी बेयार्स्टो जस्ता आक्रामाक खेलाडीहरु रहेका छन्। मलान टि-ट्वान्टी वरियताको शिर्ष-स्थानमा रहेका कारण स्थान पाउन सक्छन् जसले राम्रो प्रदर्शन गर्दै आएका छन्। ओएन मोर्गान र बेन स्टोक्सले इंग्ल्याण्डको मिडल अर्डर सम्हाल्ने छन्। आईपिएलमा प्रभावशाली प्रदर्शन गरेका स्याम कारणले मौका पाउने प्रबल सम्भावना छ। जोफ्रा आर्चर, क्रिस जोर्डन र आदील राशिदले बलिंग पक्ष सम्हाल्ने छन्।
इंग्ल्याण्डको सम्भावित-११ : जोस बटलर (विकेटकिपर), जासोन रोय, डेविड मलान, जोनी बेयार्स्टो/मोएन अलि, ओएन मोर्गान (कप्तान), बेन स्टोक्स, स्याम कारण, जोफ्रा आर्चर, क्रिस जोर्डन, आदील राशिद, मार्क वुड
