ओलम्पियन विष्ट कोरोना सड्क्रमित

ओलम्पियन एवं तेक्वान्दो प्रक्षिक दीपक विष्ट कोरोना भाइरसबाट सड्क्रमित हुनुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्वअध्यक्ष समेत रहनुभएका विष्टले आफू कोरोनाबाट सड्क्रमित भएको आज सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो । उहाँसहित परिवारका ६ जनामा कोरोना सड्क्रमण देखिएको छ । परिवारका अन्य सदस्य कोरोनाबाट मुक्त भइसकेको विष्टले जानकारी दिनुभएको छ ।

सड्क्रमणबाट जोगिन शारीरिक दूरी कायम गर्न र मास्कको प्रयोग अनिवार्य रुपमा गर्न उहाँले आग्रह गर्नुभएको छ । कोरोना पुष्टि भएपछि विष्ट होम आइसोलेसनमा बस्नुभएको छ । उहाँकी पत्नी एवं १३ औं दक्षिण एसियाली खेलकूद (साग)मा तेक्वान्दोतर्फ दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य पनि कोरोना सड्क्रमणबाट मुक्त हुनुभएको छ ।

२०७७ मंसिर १२, शुक्रबार मा प्रकाशित