सिड्नीलाई दोस्रोपटक महिला बिग ब्यास लिगको उपाधि

शनिबार सम्पन्न फाइनल खेलमा मेलबर्न स्टार्सलाई ७ विकेटले पराजित गर्दै छैटौं संस्करणको महिला बिग ब्यास लिगको उपाधि सिड्नी थंडरले उचालेको छ। यससंगै सिड्नीले दोस्रो पटक महिला बिग ब्यास लिगको उपाधि उचालेको हो। यसअघि सुरुवाती सिजनको उपाधि चुमेको सिड्नीले महिला बिग ब्यास लिगको सर्वाधिक उपाधि जित्ने कीर्तिमानमा सिड्नी सिक्सर र ब्रिसबेन हिटसंग बराबरी गरेको छ।

नर्थ सिड्नी ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिंगको निर्णय लिएको स्टार्सले ८७ रनको झिनो विजयी लक्ष्य प्रस्तुत गरेको थियो जुन स्टार्सले १३.४ ओभरमा ३ विकेट गुमाउदै पछ्याएको थियो। स्टार्सका लागि हिथर नाइटले सर्वाधिक २६ रन बनाएकी थिइन्। १९ बलको सामना गरेकी उनले २ चौका र १ छक्का प्रहार गरेकी थिइन्।

टैमी ब्यूमोंट र राचेल ट्रैनमैनले पहिलो विकेटको लागि २४ रनको साझेदारी गर्दै झिनो लक्ष्य पछ्याएको स्टार्सलाई राम्रो सुरुवात दिलाएका थिए।ब्युमोंटले १६, ट्रैनमैनले २३ तथा कप्तान राचेल हेन्सले अविजित २१ रन बनाएकी थिइन्।

स्टार्सको बलिंगतर्फ थरीन ब्रंट, अलाना र टेस फ्लिंटॉफले समान १-१ विकेट लिएकी थिइन्।

यसअघि पहिलो पटक फाइनलमा प्रतिस्पर्धा गरेको स्टार्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै मात्र ८६ रन बनाएको थियो। उसका लागि थरीन ब्रंटले सर्वाधिक २२ रन बनाएकी थिइन्। एनाबेल सदरलैंडले २० र कप्तान मेग लैनिंगले १३ रन जोड्दा अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

सिड्नीलाई दोस्रो पटक च्याम्पियन बनाउने क्रममा शबनम इस्माइल (४-०-१२-२ )र सैमी जो जोनसनले (४-०-११-२) समान २-२ विकेट लिएकी थिइन्। यस्तै, सामंथा बेट्स, हन्ना डार्लिंगटन, लाउरेन स्मिथ र हीथर नाइटले पनि १/१ विकेट लिएकी थिइन्।

 

२०७७ मंसिर १३, शनिबार मा प्रकाशित