अष्ट्रेलिया र भारतबीच तिन खेलको एक दिवसीय शृंखला अन्तर्गत आइतबार जारि दोस्रो खेलमा स्टिभ स्मिथले लगातार दोस्रो शतक बनाउदा घरेलु टोलि अष्ट्रेलियाले भारतलाई विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ। यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा ६६ रनको हार बेहोरेको भारतलाई सिरिज जोगाउन आजको खेल जित्नै पर्ने दबाब छ।
सिड्नी स्थित सिड्नी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिंगको निर्णय लिएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ३८९ रन बनाउदै भ्रमण टोलि भारतलाई ३९० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। उसका लागि लगातार दोस्रो शतक बनाउने क्रममा स्टिभ स्मिथले १०४ रनको आक्रामाक पारि खेले। ६४ बलको सामना गरेका उनले १४ चौका र २ छक्का हिर्काए। सिरिज अन्तर्गत पहिलो खेलमा पनि शतक बनाउने क्रममा स्मिथले ६६ बलमा १०५ रन बनाएका थिए।
कप्तान एरोन फिंच र डेभिड वार्नरले पहिलो विकेटको लागि १४२ रनको साझेदारी गर्दै घरेलु टोलीलाई सानदार सुरुवात दिलाएका थिए। कप्तान फिंचले ६९ बलमा ६० रन तथा वार्नरले ७७ बलमा ८३ रन बनाए। तेस्रो विकेटको लागि मार्नुस लाबुसेन र स्टिभ स्मिथले १३६ रनको साझेदारी गर्दै अष्ट्रेलियाको पारि उकासेका थिए। वानडे खेलमा व्यक्तिगत ११ औं शतक बनाउने क्रममा १०४ रनको पारि खेल्दै स्मिथ हार्दिक पांड्याको बलिंगमा मोहम्मद शामीको हातबाट समातिएका थिए। लाबुसेनले ६१ बलमा ७० रन बनाए जसदौरान ५ चौका प्रहार गरे। अन्तिममा ग्लेन म्याक्स्वेलले २९ बलमा ६३ रनको विस्फोटक पारि खेल्दै अष्ट्रेलियालाई विशाल योगफलतर्फ डोर्याएका थिए। उनले समान ४ चौका र ४ छक्का हिर्काए।
भारतको बलिंगतर्फ हार्दिक पांड्या (४-०-२४-१), मोहम्मद शामी (९-०-७३-१) र जसप्रित बुम्राहले (१०-०-७९-१) समान १-१ विकेट लिए भने अन्य बलर विकेटविहिन रहे।
