बाबर आजमलाई एक महिलाको गम्भीर आरोप – ‘उनले विहे गर्ने वाचा गरे, गर्भवती बनाए’

पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमलाई एक महिलाले यौन उत्पीडन र शारीरिक शोषणको आरोप लगाएकी छिन्। पाकिस्तानको च्यानल २४ न्युज एचडीमा देखाइएको पत्रकार सम्मेलनमा नाम नखुलाएकि उक्त महिलाले दावा बबरले १० वर्ष सम्म उनको शोषण गरेको र उनलाई गर्भवती पनि गरेको दावा गरेकी छिन्। उक्त महिलाका अनुसार बाबरले उनलाई बिबाह गर्ने बचन दिएका थिए।

“हामी दुवैको सम्बन्ध तबबाट थियो जब आजम क्रिकेटर पनि थिएनन्। उनि र म स्कुलमा संगै पढेका थियौं र हामि एउटै घरमा बस्थ्यौ। २०१० मा उनले मलाई प्रपोज गरे र मैले त्यसलाई स्वीकार गरे।”

“समय बित्दै गयो, हामीले विवाह बारेमा सोच्यौं। हामीले आफ्नो परिवारलाई भन्यौं जसले अस्विकार गर्नु भयो। त्यसैले हामि २०११ मा भाग्यौ जसपछि पनि उनि लगातार भनिरहन्थे कि हामि कोर्टमा विवाह गर्नेछौँ। हामि धेरै भाडाको घरमाहरुमा बस्यौं तर उनले विवाह गर्न अस्विकार गरिरहे।” उनले बताईन्।

महिलाका अनुसार जब आजम पाकिस्तान टिममा छनौट भएका थिएनन् तब देखि उनको खर्च समेत बेहोर्दै आएका थिए र त्यसपछि पनि बेहोरेका थिए।

“२०१४ मा जब उ पाकिस्तान टिममा चुनिए, उनको व्यवहार बदलियो। अर्को वर्ष मैले विवाह गर्न भने तर उनले अस्वीकार गरे। २०१६ मा मैले भने कि म गर्भवती छु, उनले अजिब व्यवहार गर्न सुरु गरे र मलाई शारीरिक शोषण पनि दिए। मैले आफ्नो परिवारसंग यो सबै भनिन किनकि हामि घरबाट भागिसकेका थियौं।”


आजमले उनलाई गर्भवती गरेको र पछि साथीहरुको सहयोगमा गर्भपतन गरेको समेत महिलाले बताएकी छिन्

“२०१७ मा, मैले बाबरको बिरुद्ध नासिराबाद पुलिस स्टेशनमा रिपोर्ट गरेको थिए। उनले मलाई १० वर्ष सम्म मेरो उत्पीडन गरे।” महिलाका अनुसार बाबरले उनलाई ज्यान मार्ने समेत धम्कि दिएका छन्।

“मैले जब पाकिस्तान क्रिकेट बोर्डमा सम्पर्क गरे उनीहरुले यो उनको व्यक्तिगत मामला भएको बताए।”

पत्रकार सम्मेलनमा उक्त महिलाको वकिलले लाहोरको क्यापिटल पुलिस अफिसरमा एफआइआर दर्ता गरेको तर कुनै पनि प्रक्रिया अघि नबढेको बताएका थिए।

बाबर आजम र पाकिस्तान क्रिकेट बोर्डले हालसम्म यो आरोप बारे केहि बोलेको छैन। बाबर र पाकिस्तान क्रिकेट टिम अहिले न्युजिल्यान्ड भ्रमणमा रहेको छ। टिम अहिले क्राइस्टचर्चमा १४ दिनको क्वारेन्टाइनमा बसीरहेको छ।

यो पनि पढ्नुस :- 

अस्ट्रेलिया-भारत वानडेको दौरान फ्यानले आफ्नो प्रेमिकालाई गरे प्रपोज, हेर्नुस भिडियो

ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेट टिमको पोषण विशेषज्ञमा नियुक्त

अस्ट्रेलियासंग सिरिज हार पछि कोहलीले बताए हारको कारण

२०७७ मंसिर १४, आईतवार मा प्रकाशित