म्यान्चेस्टर युनाईटेडको उत्कृष्ट पुनरागमन

इङलिस प्रीमीएर लिग अन्तर्गत भर्खरै सकिएको खेलमा म्यान्चेस्टर युनाईटेडले उत्कृष्ट कमब्याक गर्दै जित हात पारेको छ । पहिलो हाफ मै २ शुन्य गोलले पछि परेको स्थितिलाई उल्टाउदै म्यान्चेस्टर युनाईटेडले महत्त्वपूर्ण ३ अंक जोड्न सफल भयो ।

खेलको दोश्रो हाफमा युनाईटेडको लागि इडिन्सन काभानीले २ गोल गरे भने ब्रुनो फर्नान्डेजले १ गोल गरे ।

खेल सकिन केही सेकेन्ड मात्र बाकी रहेको अबस्थामा उरुग्बियन स्ट्राइकर काभानीले हेडिङ मार्फत गोल गर्दै टिम लाई ३-२ को रोमान्चक जित दिलाउन सफल भए।

२०७७ मंसिर १४, आईतवार मा प्रकाशित