राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणको लागि ५८ जना बोलाइयो

राष्ट्रिय फूटबल टिमका प्रशिक्षक बालगोपाल महर्जनले ५८ जना खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् ।

नेपालले खेल्ने दुई वटा मुख्य प्रतियोगिता एसियन कप छनोट र विश्वकप छनोट नजिक आइरहेको अवस्थामा नेपालले यही महिनाको २८ गतेदेखि प्रशिक्षण सुरु गर्ने तयारी गरिएको छ ।

राष्ट्रिय टिम प्रशिक्षणमा बोलाइएका मध्ये २४ खेलाडी नयाँ छन् । पूर्व कप्तान विराज महर्जनले प्रारम्भिक टिममा स्थान बनाएका छन् भने आदित्य चौधरी, विमल घर्तिमगर, सन्तोष तामाङ र दिनेश राजवंशीलाई पनि बोलाइएको छ ।

मिडफिल्डर विक्रम लामा भने इन्ज्युरीका कारण आराम गरिरहेका छन् । खेलाडीलाई २७ गते एन्फा होस्टलमा उपस्थित हुन निर्देशन दिइएको छ ।

प्रारम्भिक चरणमा बोलाइएका खेलाडीहरु

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दिप कार्की, विशाल सुनार, अर्पण कार्की, देव लिम्बु

डिफेन्डरः देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रणदिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्तन, रोहित चन्द

मिडफिल्डरः सुजल श्रेष्ठ, विशाल राई, जर्ज प्रिन्स कार्की, मिक्चेन तामाङ, सन्तोष तामाङ, सुनिल बल, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुभाष गुरुङ, दिपेश आलेमगर, तेज तामाङ, रवि पाशवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदाम्बे, सन्जोक राई, नितिन थापा

फरवार्डः अविषेक रिजाल, रेजिन सुम्बा, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अञ्जन विष्ट, विमल घर्तिमगर, राजिव लोप्चन, आशिष लामा, प्रेजेन तामाङ

ए डिभिजन लिग यो वर्ष नहुने

२०७७ मंसिर १७, बुधबार मा प्रकाशित