युभेन्टस, बार्सिलोना र पिएसजिको जित

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत हिजो भएको खेलमा इटालियन क्लब युभेन्टस ,स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पिएसजिले आ- आफ्नो खेल जितेका छन्।

युभेन्टसले युक्रेनी क्लब डाइनामो किभ लाई ३-० गोल अन्तरले हरायो । उसको जितमा कृस्टियानो रोनाल्डो ,मोराटा र सिसेले समान १/१ गोल गरे। उक्त १ गोल संगै कृस्टियानो रोनाल्डोले आफ्नो करियरको ७५० गोल पूरा गरेका छन्।

ग्रुप जि कै अर्को खेलमा बार्सिलोनाले फ्रेन्कभारोसलाई समान ३-० गोल अन्तरले हरायो । लियोनेल मेसि बिना मैदान उत्रिएको बार्साको जितमा ग्रीज्मन, डेम्बेले र ब्राथवेट ले १/१ गोल गरे ।यस्तै च्याम्पियन्स लिगकै अर्को खेलमा फ्रेन्च क्लब पि एस जिले इङलिस क्लब म्यान्चेस्टर युनाईटेड लाई ३-१ गोलले पराजित गर्यो।

पि एस जिको लागि ब्राजिली स्टार नेयमारले २ गोल गरे भने अर्को गोल मार्किनोसको नाममा रह्यो । म्यान्चेस्टर युनाईटेडको लागि मार्कोस रास्फोर्डले १ गोल गरे।

यो खेलसंगै समूह एच को ३ वटा टिमको समान ९ अङ्क भएको छ अब यो समूहबाट अन्तिम खेल पछि मात्र अर्को राउन्डमा जाने २ टोलिको टुंगो लाग्ने छ ।

२०७७ मंसिर १८, बिहीबार मा प्रकाशित