अष्ट्रेलिया र भारतबीच ३ खेलको टि-ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत शुक्रबार जारि पहिलो खेलमा मोइसेस हेनरिक्सले करियरकै उत्कृष्ट बलिंग गर्दा भारतले अष्ट्रेलियालाई प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।
क्यानवेरा स्थित मानुका ओवल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १६१ रन बनाएर घरेलु टोलि अष्ट्रेलियालाई १६२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
भारतले पहिलो विकेटको रुपमा ओपनरद्वय शिखर धवनलाई व्यक्तिगत १ रनको स्कोरमा गुमाएको थियो। उनलाई खेलको तेस्रो ओभरमा मिचेल स्टार्कले बोल्ड गरे। कप्तान बिराट कोहलीले पनि लामो समय क्रिजमा बिताउन सकेनन् जसलाई व्यक्तिगत ९ रनको स्कोरमा मिचेल स्विपसनले कट एण्ड बोल्ड आउट पारे। एक किनारबाट विकेट गएता पनि अर्को किनार सम्हालेका लोकेश राहुलले सर्वाधिक ५१ रनको पारि खेल्दै भारतको इनिंग सम्हाले। ४० बलको सामना गरेका उनले ५ चौका र १ छक्का हिर्काए। उनलाई अन्य ब्याट्सम्यानको सहयोग भने मिल्न सकेन। संजु स्याम्सनले २२, मनिष पाण्डेले २ तथा हार्दिक पान्ड्या १६ रन बनाएर आउट हुदाँ भारत दबाबमा थियो।
Peach ?#AUSvIND pic.twitter.com/nO3UOQo2Qi
— ICC (@ICC) December 4, 2020
रविन्द्र जडेजाले मुस्किल अवस्थामा अविजित ४४ रनको विस्फोटक पारि खेल्दै भारतलाई प्रतिस्पर्धात्मक लक्ष्यतर्फ डोर्याए। मात्र २३ बलको सामना गरेका उनले ५ चौका र १ छक्का हिर्काए। उनलाई वासिंगटन सुन्दरले ७ रन बनाउदै साथ दिए।
अष्ट्रेलियाको बलिंगतर्फ मोइसेस हेनरिक्सले (४-०-२२-३) सर्वाधिक ३ विकेट तथा मिचेल स्टार्कले (४-०-३४-२) २ विकेट लिए। यस्तै, मिचेल स्विपसन र एडम जाम्पाले समान १-१ विकेट हात पारे। दुवै टोलि आज जित हात पार्दै सिरिजमा सुरुवाती अग्रता बनाउन चाहन्छन्।
भारतको अन्तिम ११: शिखर धवन, विराट कोहली (कप्तान), मनिस पान्डे, लोकेश राहुल (विकेटकिपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, मोहम्मद शामी, वासिन्टन सुन्दर, दिपक चहर, सन्जु स्यामसन र टि नटराजन
अष्ट्रेलियाको अन्तिम ११: आरोन फिन्च (कप्तान), डार्सी सर्ट, म्याथ्यु वेड, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मोइसेस हेनरिक्स, सन एबट, मिचेल स्टार्क, मिचेल स्विपसन, एडम जाम्पा र जोश हेजलवुड
