१४ वर्षपछि दक्षिण अफ्रिकाले पाकिस्तान भ्रमण गर्ने

दक्षिण अफ्रिकाले २ टेस्ट र ३ टि-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि १४ वर्षपछि पाकिस्तान भ्रमण गर्ने पक्का भएको छ। दक्षिण अफ्रिकाले पछिल्लो पटक २००७ मा पाकिस्तान भ्रमण गरेको थियो। यो दक्षिण अफ्रिकाको पाकिस्तान भूमिमा पहिलो टि-ट्वान्टी अन्तराष्ट्रिय सिरिज हुनेछ।

जनवरी २६ देखि फेब्रुवरी १४ सम्म खेलिने उक्त सिरिजका लागि दक्षिण अफ्रिकी टोलि जनवरी १६ मा पाकिस्तान प्रस्थान गर्नेछ जसपछि क्वारेन्टाइनमा बस्नेछ। क्वारेन्टाइनपछि भ्रमण टोलिले पहिलो टेस्ट सुरुहुनु अगाडी इन्ट्रा-स्क्वाड गेम खेल्नेछ। सिरिज अन्तर्गतका २ टेस्ट खेलहरु कराँची (पहिलो टेस्ट) र रावलपिन्डीमा (दोस्रो टेस्ट) खेलिनेछ भने टि-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका तिनै खेल लाहोरमा खेलिनेछ। टेष्ट  खेलहरु आईसिसी वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत खेलिनेछ।

सन् २००९ मा श्रीलंकन खेलाडी चढेको बसमा भएको आतंककारी हमलापछि ठूला टोली पाकिस्तान भ्रमण गर्न अस्विकार गर्दै आएका छन् । सन् २०१५ पछि पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट फर्किएको थियो र दक्षिण अफ्रिकाको भ्रमणले पाकिस्तान थप उत्साहित हुनेछ । पछिल्लो १५ महिनामा पाकिस्तानमा श्रीलंका, बंगलादेश र जिम्बावेले भ्रमण गरिसकेका छन् ।


“दक्षिण अफ्रिकी टोलि पाकिस्तान भ्रमण गर्ने निर्णय पाकिस्तान र पाकिस्तानी समर्थकका लागि प्रतिक्षित समाचार हो। पछिल्लो पटक २००७ मा पाकिस्तान भ्रमण गरेता पनि दक्षिण अफ्रिका पाकिस्तानमा एक प्रख्यात राष्ट्र हो। समर्थकहरुले दक्षिण अफ्रिकाको प्रदर्शन नजिकैबाट नियाल्दै आएका छन् र उनीहरुलाई पाकिस्तानमा स्वागत गर्न निकै उत्साहित छन्।,” पाकिस्तान क्रिकेट बोर्डका (पिसिबी) निर्देशक जाकिर खान।

“लामो समयपछि २०२१ पाकिस्तान क्रिकेट समर्थकका लागि निकै भब्य र रोचक हुन गइरहेको छ। हामिले दक्षिण अफ्रिकापछि न्युजिल्याण्ड, इंग्ल्याण्ड र वेस्ट इन्डिजलाई निम्ताउने छौँ भने दक्षिण अफ्रिका, जिम्बाब्वे, इंग्ल्याण्ड, अफ्गानिस्तान र वेस्ट इन्डिज भ्रमण  गनेछौँ।”

“जारि सिजनमा जस्तो कोरोनाको त्रास रहेको खण्डमा दक्षिण अफ्रिकी र पाकिस्तानी खेलाडीको स्वास्थ्य सुरक्षाको लागि हामि पुरा पहल गर्नेछौं जसपछि दुवै टोलिले आफ्नो उत्कृष्ट प्रदर्शन गरेर सबै क्रिकेट समर्थकलागि मनोरन्जन प्रदान गर्नेछन्।”

दक्षिण अफ्रिकाको पाकिस्तान भ्रमण अन्तर्गत खेल तालिका :-  

पहिलो टेस्ट : जनवरी २६–३०, कराँची

दोस्रो टेष्ट : फेब्रुअरी ४–८, रावलपिन्डी

पहिलो टि२० खेल : ११ फेब्रुअरी, लाहोर

दोस्रो टि२० खेल : १३ फेब्रुअरी, लाहोर

तेस्रो टि२० खेल :१४ फेब्रुअरी, लाहोर

२०७७ मंसिर २५, बिहीबार मा प्रकाशित