रैना घरेलु क्रिकेटमा फर्कने

पुर्व भारतीय खेलाडी सुरेश रैना लामो समयपछि प्रतिस्पर्धात्मक क्रिकेटमा फर्किने भएका छन्। रैनाले २०२१ मा आयोजना हुने १४ औं संस्करणको आईपिएलमा सहभागी जनाउनु साथै घरेलु प्रतियोगितामा उत्तर प्रदेशको (युपी) प्रतिनिधित्व गर्ने बताएका हुन्। १५ अगष्टमा पुर्व भारतीय कप्तान महेन्द्र सिंह धोनीसंगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका रैनाले युएईमा समपन्न १३ औं संस्करणको आईपिएलबाट व्यक्तिगत कारण देखाउदै भारत फर्केका थिए।

दैनिकजागरणसंग बोल्ने क्रममा बायाँ हाते ब्याट्सम्यान रैनाले घरेलु प्रतियोगितामा उत्तर प्रदेशको प्रतिनिधित्व गर्ने बताउनु साथै २०२१ मा आयोजना हुने १४ औं संस्करणको आईपिएलमा पनि सहभागी जनाउने पक्का गरेका हुन्। घरेलु प्रतियोगितामा उत्तर प्रदेशको प्रतिनिधित्व गर्दै आएका उनले २०१५/१६ सिजनमा युपीको कप्तानी गर्दै मुस्ताक अलि ट्रफी जिताएका थिए।

“म उत्तर प्रदेशलाई अर्को ट्रफी दिलाउन चाहन्छु र यसको लागि कडा मिहिनेत गर्नेछु। यसपछि मेरो पुरा ध्यान अर्को वर्ष आयोजना हुने १४ औं संस्करणको आईपिएलमा हुनेछ।” रैनाले बताए।

हिन्दुस्तान टाइम्सका अनुसार ३४ वर्षीय रैना शनिबार कानपुर पुगेर उत्तर प्रदेश क्रिकेट क्याम्पमा सहभागी हुनेछन्। स्रोतका अनुसार उनले १३ र १५ डिसेम्बरमा अभ्यास खेल समेत खेल्ने छन्।

लगभग २ वर्षपछि रैना प्रतिस्पर्धात्मक क्रिकेटमा फर्किन लागेका हुन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले (बिसिसीआई) हालसम्म खेल तालिका भने सार्वजनिक गरेको छैन। तर, आईपिएल अक्सन अगावै प्रतियोगिता आयोजना हुने निश्चित छ।

व्यक्तिगत कारण देखाउदै १३ औं संस्करणको आईपिएलमा सहभागिता नजनाएका उनलाई चेन्नाई सुपर किंग्सले (सिएसके) आफ्नो कन्ट्रयाक्ट समाप्त गरेको थियो जसकारण उनलाई अक्सन हुदैं १४ औं सिजनको आईपिएलको यात्रा तय गर्नुपर्नेछ। सायद मुस्ताक अलि ट्रफीले उनलाई आईपिएलको बाटो खुलाउन मद्धत गर्नेछ।

रैना आईपिएल इतिहासमै ५००० रन पुरा गर्ने पहिलो ब्याट्सम्यान हुन्। रैनाको अनुपस्थितिमा सिएसके यो सिजन पहिलो पटक शिर्ष -४ मा रहदै प्लेअफाको बाटो तय गर्न सकेको थिएन। भेट्रान मिडल अर्डर ब्याट्सम्यान सुरेश रैना आक्रामक ब्याटिंग साथै चुस्त फिल्डिंग र पार्ट टाइम बलिंगको लागि पनि चिनिने गर्छन्। उनले भारतको लागि १८ टेस्ट, २२६ एकदिवसीय तथा ७८ टि-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन्। आईपिएलमा १९३ खेल खेलेका उनले ३३.३ को औशतमा दोस्रो सर्वाधिक ५३६८ रन बनाएका छन्।

२०७७ मंसिर २५, बिहीबार मा प्रकाशित