अष्ट्रेलियामा जारी १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत मंगलबार सम्पन्न आठौँ खेलमा एलेक्स क्यारी कप्तानीको एडिलेड स्ट्राइकर्सले प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गर्ने क्रममा पिटर ह्यन्ड्सकम्ब कप्तानीको होबार्ट हरिकेन्सलाई ५ विकेटले पराजित गरेको छ।
लौन्सेस्टन स्थित अरोरा स्टेडियममा समपन्न खेलमा टस हारेर पहिले ब्याटिंग गरेको होबार्टले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १४६ रन बनाएर स्ट्राइकर्सलाई १४७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा स्ट्राइकर्सले १८.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।
होर्बाटको ब्याटिंग
टस हारेर ब्याटिंग गरेको होबार्टले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १४६ रन बनाएर स्ट्राइकर्सलाई १४७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। उसका लागि बेन म्याक्डरमोट र कोलिन इन्ग्रामले समान सर्वाधिक ४६, टिम डेबिडले २४ तथा मेकालिस्टर राइर्टले १५ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
इनिंगको चौथौ बलमै विल ज्याक्स खाता नखोली डानियल ओरलको बलिंगमा क्याच आउट भए। अर्का ओपनरद्वय डार्सी सर्ट लगत्तै अर्को ओभरमा २ रन बनाएर आउट भए। उनलाई पिटर सिडलले पेभेलियन फर्काए। कप्तान पिटर ह्यन्ड्सकम्ब पनि चौथौं ओभरमा एस्टोन अगरको शिकार बने। होबार्टले ३.४ ओभरमा २० रनमै पहिलो ३ विकेट गुमाएको थियो।
5-16!
AKA Peter Siddle’s best EVER Big Bash figures ? #BBL10 pic.twitter.com/zxqp9sybsm
— KFC Big Bash League (@BBL) December 15, 2020
खराब सुरुवात बाबजुद बेन म्याक्डरमोट र कोलिन इन्ग्रामले चौथौं विकेटको लागि ७५ रनको अर्धशतकीय साझेदारी गर्दै होबार्टको इनिंग सम्हाले। म्याक्डरमोट ३३ बलमा ३ चौका र २ छक्काको मद्धतमा ४६ रन बनाएर १२ औं ओभरमा राशिद खानको बलिंगमा क्याच आउट भए। ३५ बलमा ४ चौका र २ छक्काको मद्धतमा ४६ रन बनाएका इन्ग्रामलाई दोस्रो सिकार बनाउने क्रममा अगरले १६ औं ओभरमा आउट पारे। १८ औं ओभरमा सिडलले राइर्टलाई व्यक्तिगत १५ रनमा तथा जेम्स फ्ल्कनरलाई खाता नखोली आउट पारे। अन्तिम ओभरमा सिडलले राइल मेरेडिथलाई बोल्ड गर्दै होबार्टलाई अल आउट पारे। उक्त विकेटसंगै सिडलले टि-ट्वान्टी करियरमै पहिलो पटक ५ विकेट हात पारे|
स्ट्राइकर्सको बलिंगतर्फ पिटल सिडलले टि-ट्वान्टी करियरमै उत्कृष्ट बलिंग फिगर दर्ता गर्ने क्रममा ३.३ ओभरमा १६ रन खर्चिए सर्वाधिक ५ विकेट लिए भने अगरले २ विकेट हात पारे। यस्तै, राशिद खान र डानियल ओरलले समान १-१ विकेट लिए।
स्ट्राइकर्सको ब्याटिंग
१४७ रनको विजयी लक्ष्य पछ्याएको स्ट्राइकर्सले १८.४ ओभरमा ५ विकेट गुमाएर सहजै पुरा गर्यो।
मध्यम लक्ष्य पछ्याएको स्ट्राइकर्सले इनिंगको तेस्रो बलमै ६ रन बनाएका फिल साल्टलाई गुमायो। उनलाई फ्ल्कनरले बोल्ड गरे। तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका म्याट रेन्श २ रन बनाएर सोहि ओभरमा ज्याक्सबाट समातियो। सुरुवाती २ विकेट पहिलो ओभरमै गुमाएता पनि ओपनरद्वय ज्याक विथरल्याण्डले कप्तान एलेक्स क्यारीसंग तेस्रो विकेटको लागि १०७ रनको शतकीय साझेदारी गर्दै जितको आधार तयार पारे। कप्तान क्यारी ४४ बलमा ४ चौका र १ छक्काको मद्धतमा ५५ रन बनाएर १४ औं ओभरमा बोल्याण्डको शिकार बने। त्यसपछि जोनाथन वेल्स ८ तथा म्याथुई सर्टलाई खाता नखोली नाथन एल्लिसले १९ औं ओभरमा आउट पारे।

अन्तिमसम्म क्रिजेमा रहेर अविजित रहेका ज्याक विथरल्याण्डले ४४ बलमा ६८ रन बनाए जुनक्रममा समान ४ चौका र ४ छक्का हिर्काए।
होबार्टको बलिंगतर्फ जेम्स फ्ल्कनरले (४-०-३५-२) र नाथन एल्लिसले (३.४-०-३६-२) समान २-२ विकेट लिए भने स्कोट बोल्याण्डले १ विकेट हात पारे।
३ खेलमा २ जित र १ हारपछि ७ अंक बटुल्दै होबार्ट अंकतालिकाको दोस्रो स्थानमा छ भने २ खेलमा समान १ जित र १ हार बेहोरेको स्ट्राइकर्स चौथौं स्थानमा छ।
जारि सिजन नेपाली लेग स्पिनर सन्दिप लामिछानेले होबार्टको प्रतिनिधित्व गर्दैछन् जसका लागि आज अष्ट्रेलिया प्रस्थान गरेका छन्।
यो पनि पढ्नुस :-
सन्दिपले होबार्टबाट बिग ब्यास खेल्ने, कति पाउनेछन् मूल्य, कहिले छ खेल
