अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत बुधबार सम्पन्न १३ औं खेलमा एडिलेड स्ट्राइकर्सले ब्रिसबेन हिटमाथि २ रनको रोमान्चक जित दर्ता गरेको छ।योसंगै ४ खेलमा समान २ जित र २ हारसहित ९ अंक बटुलेको एडिलेड स्ट्राइकर्स अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। यस्तै, ३ खेलमा सबै हार बेहोरेको ब्रिसबेन हिट १ अंकसहित अंकतालिकाको पुछारमा छ।
ब्रिसबेन क्रिकेट मैदानमा सम्पन्न खेलमा स्ट्राइकर्सले दिएको १५१ रनको विजयी लक्ष्य पछ्याएको हिटले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४८ रनमात्र बनाउन सक्यो।
अत्यन्तै खराब सुरुवात गरेको हिटल ८.४ ओभरमा ३७ रनको योगफलमै सुरुवाती ५ विकेट गुमाउँन पुग्यो। ओपनरद्वय साम हिज्लेट खाता नखोली इनिंगको दोस्रो बलमा तथा १ नम्बरमा ब्याटिंग गर्न आएका सिमोन मिलेन्को दोस्रो ओभरको दोस्रो बलमा १ रन बनाएर आउट भए। त्यसपछि म्याक्स ब्रायन्टलाई १२ रनको व्यक्तिगत स्कोरमा राशिद खानले पाचौं ओभरमा आउट पारे। नवौं ओभरमा ज्याक वेल्डरमुथ १ रन बनाएर एगारको बलिंगमा सर्टबाट समातिए। १२ औं ओभरमा टम कुपरलाई २२ रनमा ड्यानी ब्रिग्सले एलबीडब्ल्यु आउट पारे। त्यसपछि मार्क स्टेकेटलाई ३ रनमा पिटर सिडलले १२ औं ओभरमा बोल्ड गरे। लगत्तै ओभरमा ड्यानी ब्रिग्सले जावियर बार्लेटलाई खाता नखोली आउट पार्दा हिट नाजुक अवस्थामा पुग्यो।
नाजुक अवस्थामा कप्तान जिमी पिएरसनले नवौं विकेटको लागि मुजिब उर रहमानसंग ६० रनको कीर्तिमानी साझेदारी गर्दै हिटको इनिंग अघि बढाए। बिग ब्यास इतिहासमै पिएरसन र मुजिब बिचको ६० रनको साझेदारी नवौं विकेटको लागि सर्वाधिक हो। मुजिब १० बलमा १८ रन बनाएर १८ औं ओभरमा पिटर सिडलको बलिंगमा बोल्ड भए। पिएरसनले ३६ बलमा अविजित ६९ रन बनाए जुनक्रममा ७ चौका र २ छक्का हिर्काए। उनलाई अन्तिममा बेन लक्लिनले ८ बलमा अविजित ६ रन बनाएर साथ दिए।
The @StrikersBBL survive by the skin of their teeth. What a game, and what an effort by the @HeatBBL #BBL10 pic.twitter.com/6vlTTIhdvE
— KFC Big Bash League (@BBL) December 23, 2020
हिटलाई अन्तिम २ ओभरमा जितको लागि १७ रनको आवश्यकता थियो। १९ औं ओभरको सबै बल खेलेका बेन लक्लिनले १ चौकाको सहायतामा मात्र ४ रन बटुलेपछि हिटलाई अन्तिम ओभरमा जितको लागि १३ रनको आवश्यकता थियो। ओरलले गरेको अन्तिम ओभरको पहिलो बलमा पिएरसनले चौका प्रहार गर्दै हिटलाई खेलमा फर्काए। उनले दोस्रो बलमा २ रन बटुल्दा हिटलाई ४ बलमा ७ रनको खाँचो थियो। तर पिएरसनले लगातार ३ बलमा रन नालिएसी हिटलाई अन्तिम बलमा ७ रनको आवश्यकता थियो। पिएरसनले अन्तिम बलमा चौका हिर्काएता पनि स्ट्राइकर्सले २ रनको जित हात पार्यो।
दबाब परिस्थितिमा उत्कृष्ट पारि खेलेका जिमी पिएरसन खेलको प्यलेयर अफ द म्सयाच चुनिए।
स्ट्राइकर्सको बलिंगतर्फ ड्यानी ब्रिग्सले (४-०-२०-३) सर्वाधिक ३ विकेट हात पारे। यस्तै, पिटर सिडल र राशिद खानले समान २ तथा ड्यानियल ओरल र एस्टोन एगारले समान १ विकेट लिए।
यसअघि टस हारेर ब्याटिंगको निम्तो पाएको एडिलेड स्ट्राइकर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५० रन बनाउँदै ब्रिसबेन हिटलाई १५१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। उसका लागि म्याट रेंशले २८ बलमा सर्वाधिक ३२ रन बनाए जुनक्रममा २ चौका र १ छक्का हिर्काए। यस्तै,ओपनरद्वय फिल शाल्टले २८ बलमा २५, जोनाथन वेल्सले २६ बलमा ३१, ह्यारी नेल्सनले २० बलमा २८ तथा म्याथुई सर्टले १० बलमा १२ रनको योगदान दिए।
पहिलो ओभरमा जावियर बार्लेटले ज्याक वेथरल्याण्डलाई १ रनमा एलबिडब्ल्यु आउट पारेसी फिल शाल्ट र म्याट रेंशले दोस्रो विकेटको लागि ६० रनको अर्धशतकीय साझेदारी गर्दै स्ट्राइकर्सको पारि सम्हाले। १० औं ओभरमा मार्क स्टेकेटले रेंश र शाल्ट दुवैलाई पेभेलियन फर्काए पछि वेल्स र नेल्सनले पाचौं विकेटको लागि ५७ रनको महत्वपूर्ण साझेदारी गर्दै स्ट्राइकर्सलाई प्रतिस्पर्धात्मक योगफलतर्फ डोर्याए। स्ट्राइकर्सले अन्तिम ४ ओभरमा ४४ रन जोडेको थियो।
हिटको बलिंगतर्फ जावियर बार्लेटले (४-०-२४-३) सर्वाधिक ३ वेकेट लिए। यस्तै, मार्क स्टेकेटले (४-०-३१-२) २ तथा ज्याक वेल्डरमुथले (४-०-२५-१) हात पारे।
