अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत सोमबार सम्पन्न १७ औं खेलमा एलेक्स क्यारी कप्तानीको एडिलेड स्ट्राइकर्सले एश्टोन टर्नर कप्तानीको पर्थ स्कोर्चर्समाथि ७१ रनको फराकिलो जित दर्ता गरेको छ।
जितसंगै ५ खेलमा १३ अंक बटुलेको एडिलेड अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ भने ४ खेलमा जितविहिन पर्थ २ अंक जोड्दै अंकतालिकाको पुछारमा छ। हारसंगै प्रतियोगितामा पर्थको पहिलो जितको खोजि थप लम्बिएको छ।
एडिलेड ओभल मैदानमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको एडिलेडले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाउँदै १६६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा पर्थ ९४ रनमै समेटियो।
पर्थको ब्याटिंग
१६६ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको पर्थ १५.२ ओभरमा ९४ रनको योगफलमै समेटियो। उसका लागि लियाम लिभिंगस्टोनले सर्वाधिक २२, जेशन रोयले २१, जोश इंग्लिसले १६ तथा एन्ड्रयु टायले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओपनरद्वय जोश इंग्लिस र जेशन रोयले पहिलो विकेटको लागि ३५ रनको आक्रामक साझेदारी गर्दै पर्थलाई सानदार सुरुवात दिलाए। ११ बलमा २ चौका र १ छक्काको मद्धतमा १६ रन बनाएका इंग्लिसलाई एश्टोन एगारले चौथौं ओभरमा बोल्ड पारे। त्यसपछि पर्थले सात ओभरको अन्तरमा मात्र २८ रन जोड्दै ५ विकेट गुमाउन पुग्यो। लगातार रुपमा विकेट गुमाएको पर्थले पाचौं ओभरमा कोलिन मन्रो (५), छैटौं ओभरमा जेशन रोय (२१), नवौं ओभरमा मेचेल मार्श (१) तथा १० औं ओभरमा कप्तान एश्टोन टर्नरलाई (२) गुमायो। अन्तिममा एन्ड्रयु टायले ८ बलमा १३ रन बनाउँदै जितको अन्तर कम गराय जसलाई पिटर सिडलले बोल्ड पारे। एडिलेडका बलरहरुले अनुशासित र सामुहिक बलिंग प्रदर्शन गर्दै एडिलेडलाई फराकिलो जित दिलाए।
पर्थलाइ सस्तोमा समेट्न एडिलेडका ५ जना बलरहरु ड्यानियल ओरल, पिटर सिडल, एश्टोन एगार, राशिद खान, ड्यानी ब्रिग्सले समान २ विकेट लिए।
एडिलेडको ब्याटिंग
यसअघि टस हारेर ब्याटिंगको निम्तो पाएको एडिलेडले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। उसका लागि फिल शाल्टले ३१ बलमा सर्वाधिक ५१ रन बनाए जुनक्रममा समान ४ चौका र ४ छक्का हिर्काए।
Fiddy up for Salty!
Good viewing, it took him just 28 balls #BBL10 pic.twitter.com/UBX6y5XhqM
— KFC Big Bash League (@BBL) December 28, 2020
फिल्ट शाल्टसँग पहिलो विकेटको लागि ५७ रनको साझेदारी गरेपछि ज्याक वेथरल्याण्ड २३ बलमा १८ रन बनाएर मिचेल मार्शको बलिंगमा आउट भए। ५१ रनको अर्धशतकीय पारि खेलेका फिल शाल्टलाई ११ औं ओभरमा जाय रिचार्ड्सनले आउट पारे। कप्तान एलेक्स क्यारी १५, म्याट रेन्श ३ र जोनाथन वेल्स ७ रन बनाएर आउट भएसी राशिद खान र म्याथुई शर्टले छैटौं विकेटको लागि २५ रनको साझेदारी गर्दै एडिलेडको योगफल १५० पार गराए। शर्टले १४ बलमा १६ तथा राशिद खानले १३ बलमा १ चौका र ३ छक्काको मद्धतमा २९ रन बनाएर।
पर्थको बलिंगतर्फ जाय रिचार्ड्सनले (४-०-३०-३) सर्वाधिक ३ विकेट लिए। यस्तै, एन्ड्रयु टाय (३-०-३८-२) र मिचेल मार्शले (४-०-१४-२) समान २ विकेट हात पारे।
