सुदुरपश्चिमद्वारा गण्डकीलाई १०८ रनको लक्ष्य

प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गतको पहिलो खेलमा सुदुर पश्चिम प्रदेश र गण्डकी प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।

लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिंग रोजेको सुदुर पश्चिमले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०७ रन बनाउदै गण्डकीलाई १०८ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड 

सुदुरपश्चिमको लागि ओपनर रेवती धामीले सर्वाधिक २७ रन बनाईन्। बिन्दु रावलले १३, मंजु बोकटिले १० तथा कप्तान ऋतु कनोजियाले अविजित ७ रन बनाईन्। गण्डकी प्रदेशले अतिरिक्तको रुपमा ३२ रन खर्चियो।

एक समय ८४ रनमा मात्र ३ विकेट गुमाएको सुदुरपश्चिमले थप २३ रन जोड्दा बाँकी ७ विकेट गुमाउन पुग्यो।

गण्डकीको बलिंगमा अलिशा लामिछाने र सृस्टि पौडेलले समान ३ विकेट हात पारिन्। यस्तै अन्जली बिश्वकर्मा, कुसुम गोदार र ज्योस्निका मरासिनीको नाममा १/१ विकेट रह्यो।

समुह ‘बि’ अन्तर्गत आज दोश्रो खेलमा दिउसो १ बजे बागमती प्रदेश र प्रदेश-१ ले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता अन्तर्गत समुह ‘ए’ बाट एपीएफ विजेता र लुम्बिनी प्रदेश  उप-विजेताको रुपमा सेमीफाइनल प्रवेश गरिसकेका छन्।

यो पनि पढ्नुस :-

दोश्रो टेस्ट जित्दै भारतद्वारा सिरिज बराबरी

घाइते फुटबलर विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने

एएफसी लाइसेन्स : आर्मीलाई अवसर र चुनौती

२०७७ पुष १४, मंगलवार मा प्रकाशित