बिग ब्यास : होबार्टबाट डेब्युमा सन्दिपको राम्रो सुरुवात

बिग ब्यास लिगमा तेश्रो सिजन खेल्ने क्रममा होबार्टको लागि आफ्नो पुरानो टिम मेलबर्न स्टार्स बिरुद्ध डेब्यु गरेका नेपाली स्पिनर सन्दिप लामिछानेले राम्रो सुरुवात गरेका छन्।

खेलमा होबार्ट २१ रनले विजयी भयो जुन क्रममा होबार्टले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा मेलबर्नले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।

मेलबर्नको लागि कप्तान ग्लेन म्याक्सवेलले ३७ बलमा ७० रन बनाएता पनि टिमलाई जित दिलाउन अपर्याप्त रह्यो। होबार्टको बलिंगमा स्कट बोल्यान्डले ३ तथा नाथन इलियस र सन्दिप लामिछानेले समान २ विकेट लिए। यस अघि टस हारेर ब्याटिंग गरेको होबार्टले २० ओभरमा ५ विकेट गुमाए १६४ रन बनाएको थियो। उसको लागि दवीड मलानले सर्व्धिक ७५ रन बनाएका थिए।

यस्तो रह्यो सन्दिपको प्रदर्शन  

पहिलो ओभर : ११ रन खर्चेर १ विकेट ( १ , ४ , १ , विकेट , १ , ४ )

इनिंगको छैठौं ओभरमा बलिंग गर्न आएका सन्दिपलाई ओभरको दोश्रो बलमा ग्लेन म्याक्सवेलले चौका हिर्काए। त्यसपछि उत्कृस्ट कम्ब्याक गदै चौथो बलमा सन्दिपले हिल्टन कार्टराइटलाई गुगली गर्दै बोल्ड गरे। छैठौं बलमा म्याक्सवेलले पुनः सन्दिपलाई चौका हिर्काए।

दोश्रो ओभर : ८ रन ( ० , ० , ० , १  ,१ , ६ )

लगत्तै आठौँ ओभरमा स्पेलको दोश्रो ओभर गरेका सन्दिपले उत्कृस्ट सुरुवात गर्दै म्याक्सवेललाई बाँधेर राखे। म्याक्सवेलले पहिलो ३ बलमा रन बनाउन सकेनन् र चौथो बलमा १ रन लिए। पाँचौ बलमा निकोलस पुरनले पुनः म्याक्सवेललाई स्ट्राइक दिए। ओभरको अन्तिम बलमा म्याक्सवेलले सन्दिपलाई डिप एक्स्ट्रा कभरको माथि छक्का हिर्काए।

Sandeep Lamichhane

तेश्रो ओभर : ९ रन ( १ , ० , १ लेगबाई, १ , ० )

१२ औं ओभरमा तेश्रो ओभर बलिंग गर्ने क्रममा सन्दिपलाई तेश्रो बलमा निकोलस पुरनले एक्स्ट्रा कभरमा छक्का हिर्काए। त्यस बाहेक भने पुरन र म्याक्सवेललाई सन्दिपले रन दिन कन्जुसी गरे।

चौथो ओभर – ११ रन खर्चेर १ विकेट ( ० , वाइड, वाइड, १ , विकेट , १ , ३ , ४ )

१५ औं ओभरमा स्पेल पुरा गर्न आएका सन्दिपले सुरुवात राम्रो भएन र २ वटा वाइड बल फाले। ओभरमा तेश्रो बलमा भने उनले अस्ट्रेलियाको लागि खेलीसकेका ब्याट्सम्यान बेन डंकलाई क्याच आउट गराए। गुगली बलमा कट खेल्ने क्रममा उनि विकेटपछाडी समेटिन पुगे। सन्दिपले महत्वपूर्ण समयमा विकेट निकाले। ओभरको अन्तिम बलमा मिस फिल्ड हुँदा सन्दिपले चौका खान पुगे।

४ ओभर बलिंग गर्ने क्रममा २ विकेट लिंदै नेपाली स्पिनरले ३८ रन खर्चिए। होबार्टको लागि पहिलो खेलमानै सन्दिपले आफुलाई विकेट दिलाउने बलरको रुपमा उभ्याएका छन्।

सन्दिप बिग ब्यास खेल्न मंसिर ३० गते अष्ट्रेलिया प्रस्थान गरेका थिए। तर बिग ब्यास भने डिसेम्बर १० (मंसिर २५) बाट सुरु भएको थियो। त्यसपछि १४ दिने क्वारेन्टाइनमा बसेका कारण उनले सुरुवाती ६ खेल गुमाएका थिए। जनवरी १ मा आफ्नो क्वारेन्टाइन सकाएर सन्दिप होबार्ट टिमसँग जोडिएका थिए। लगत्तै उनि पहिलो खेलको लागि टिमको स्क्वाडमा परेका छन्।

यसअघि सन्दिपले पछिल्लो २ सिजनमा मेलबर्न स्टार्सको प्रतिनिधित्व गरेका थिए। बिग ब्यास अन्तर्गत उनले यस अघि २० खेलमा १६.३ को स्ट्राइक रेटमा २६ विकेट लिएका छन्। पछिल्लो २ संस्करणमा उनले किफायती बलिंग गर्दै आफुलाई विकेट टेकर स्पिनरको रुपमा उभ्याएका छन्।

महिला प्रम कप : एकतर्फी खेलमा लुम्बिनीलाई पराजित गर्दै प्रदेश-१ फाइनलमा

२०७७ पुष १८, शनिबार मा प्रकाशित