चौथो टेस्ट अघि भारतीय टिमलाई अर्को झट्का

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत चौथो टेस्ट अघि भ्रमण टोलिलाई अर्को झट्का लागेको छ। टिमका मुख्य फास्ट बलर जस्प्रित बुम्राह चौथो टेस्ट खेल्न नसक्ने भएका हुन्।

बुम्राहलाई सिड्नी टेस्टको दौरान पेटको मांसपेशीमा खिचाव देखिएको थियो जुन च्यातिन पनि सक्ने हुँदा जसपछि उनलाई भारतीय टिमले खेलाउने जोखिम मोल्ने छैन। बुम्राहले सिड्नी टेस्टको द्श्रो इनिंग्स दौरान आफु समस्यामा परेको शारीरिक लक्षण देखाएका थिए। टेस्टको दौरान फिल्डिंग गर्ने क्रममा उनलाई चोट लागेको थियो।

चौथो टेस्ट अघि भारतको अन्य दुई खेलाडी रभिन्द्र जडेजा र हनुवा विहारी पनि बाहिर भइसकेका छन्।  जडेजा औंलामा चोटको कारण बाहिर भएका हुन् भने बिहारी ह्याम्सट्रिन्गका कारण सिड्नी टेस्टको अन्तिम दिन संघर्षरत थिए।

बुम्राह अघि मोहम्मद शामी र उमेश यादव सिरिजको दौरान घाइते भएर बाहिर भैसकेका छन्। यस्तै केएल राहुल पनि घाइते हुँदै घर फर्किसकेका छन्।

बुम्राहको अनुपस्थितिमा भारतीय फास्ट बलिंग आक्रमणको नेतृत्व मोहम्मद सिराजले गर्नेछन्। १५ जनवरी देखि सुरु हुने ब्रिसबेन टेस्टमा नभदिप सैनी, शार्दुल ठाकुर र टि नटराजन टिममा आबद्ध हुनेछन्। यस्तै जडेजाको स्थानमा लेग स्पिनर कुलदिप यादवले पनि मौका पाउन सक्नेछन्।

सिरिज अन्तर्गत सिड्नी टेस्ट बराबरीमा टुंगिएपछि सिरिज १-१ को बराबरीमा रहेको छ र चौथो टेस्टले सिरिज विजेताको निर्णय गर्नेछ।

२०७७ पुष २८, मंगलवार मा प्रकाशित