प्रधानमन्त्री कप क्रिकेट आज देखि ( सम्पूर्ण जानकारी )

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता आज देखि काठमाडौंमा सुरु हुँदैछ। प्रतियोगिता माघ २ गतेबाट सुरु भएर फाइनल खेल माघ १७ गते खेलिनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। खेल नेपाली समय बिहान ९ बजे टियु मैदान किर्तिपुरमा सुरु हुनेछ। खेलको याक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्नेछ।  पुरा खेलतालिका हेर्न क्लिक गर्नुस 

प्रतियोगितामा सात प्रदेश र तिन विभागीय टोलि सहित १० टोलिहरु सहभागी हुँदैछन्। सहभागी १० टिमलाई दुईवटा समुहमा बिभाजन गरिएको छ। मुह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नम्बर १ र कर्णाली प्रदेश छन् भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, प्रदेश नम्बर २ र सुदूरपश्चिम छन्। समुह चरणमा सबै टिमले एक अर्काविरुद्ध एक/एक खेल खेलेपछि दुवै समुहबाट विजेता र उपविजेता टोलि सेमिफाइनलमा प्रवेश गर्नेछन्।

पहिलो सेमिफाइनलमा समुह ‘ए’ को विजेता टिमले समुह ‘बि’ को उपविजेता टिमको तथा दोस्रो सेमिफाइनलमा समुह ‘ए’ को उपविजेता टिमले समुह ‘बि’ को विजेता टिमको सामना गर्नेछ।

प्रतियोगिताको पहिलो र दोस्रो दिन एकमात्र खेल संचालन हुनेछन् जसपछि हरेक दिन दुईवटा समुह चरणका खेलाहरु खेलिने छन्।

अन्तिम पटक प्रधानमन्त्री कपको आयोजना २०१९ मे र जुन महिनामा भएको थियो। नेपाल पुलिस क्लबले उपाधि जित्ने क्रममा फाइनलमा आर्मीलाई ४ विकेटले पराजित गरेको थियो। त्यसपछि यसै वर्षको सुरुवातमा क्यानले प्रतियोगिता आयोजना गर्ने तयारी गरेता पनि कोरोनाका कारण आयोजना सम्भव भएको थिएन।

क्यान निलम्बनमा हुँदा राखेपले पिएमकप सन् २०१७ देखि सुरु गरेको थियो । पहिलो संस्करणको फाइनल वर्षाको कारण प्रभावित हुँदा उपाधि नेपाल आर्मी र नेपाल पुलिस क्लबले संयुक्त रुपमा बाँडेका थिए । दोस्रो संस्करण २०१८ को फाइनलमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करण २०१९ मा पुलिसले आर्मीलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो ।

प्रतियोगिताको लागि घोषित टिमहरु :-

त्रिभुवन आर्मी क्लब : बिनोद भण्डारी (कप्तान/ विकेटकिपर), अनिल मण्डल, राजु रिजाल, रोहित कुमार पौडेल, भिम सार्की, राजेश पुलामी, हरि चौहान, विक्रम सोब, आकाश चन्द, सुशन भारी, साहब आलम, हरिकृष्ण झा, लोकेश बम र जितेन्द्र मुखिया

बागमती प्रदेश : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , पृथु बास्कोटा ( उपकप्तान ) , पारस खड्का, इशान पाण्डे, रामनरेश गिरि, दिपेश श्रेष्ठ, आकाश थापा, आदील खान, बिभत्सु थापा, आदील खान, गौतम केसी, अरियो पौडेल, तिलक राज भण्डारी, बिपिन आचार्य, नन्दन यादव

लुम्बिनी प्रदेश : कृष्ण कार्की ( कप्तान ) , सौरभ खनाल, बिक्रम भुसाल, अनिल खरेल, सन्दिप रजाली, राजबिर सिंह, प्रकाश केसी, सुशान्त सिंह थापा, प्रनित थापा, जितेन्द्र शाहनी, देव खनाल, दिपेन्द्र रावत, अमित तामाङ

प्रदेश-१ : सिद्धान्त लोहनी ( कप्तान ) , फिर्दोश अन्सारी, मिनाश थापा, दिपक पासवान, राजन मगर, शुभांकर उराउ, दिपेश कंडेल, श्रवल यादव, सोनु मण्डल, जोशक खड्का, बिबेक मेहता, मनोज तामांग, ज्ञानेन्द्र श्रेष्ठ, हेमन्त राई

गण्डकी प्रदेश : बिपिन खत्री ( कप्तान ) अशोक श्रेष्ठ (उपकप्तान), दिपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दिपक डुम्रे, अभिषेक थापा, सुभाष भण्डारी, समिर कडेल, अर्जुन कुमार, विशाल पौडेल, विष्णु पाण्डे, दिनेश वुढामगर

नेपाल पुलिस क्लब : मन्जित श्रेष्ठ ( कप्तान ) , दिलिप नाथ, अमित श्रेष्ठ, दीपेन्द्र सिंह ऐरी, मोहम्मद आरिफ शेख, कुशल भुर्तेल, प्रेम तामाङ, ललित राजवंशी, सुनिल धमला, अनिल शाह, योगेन्द्र कार्की, रसिद खान, पवन सर्राफ र सागर ढकाल

नेपाल एपीएफ क्लब : शरद भेषावकर (कप्तान), वसन्त रेग्मी, सुबास खकुरेल, शंकर राना, प्रदीप ऐरी, सन्दीप जोरा, कमलसिंह ऐरी, सुमित महर्जन, रित गौतम, किशोर महतो, भुवन कार्की, मोहम्मद आसिफ शेख, अमर सिंह रौटेला, सूर्य तामाङ र अभिनास बोहरा

कर्णाली प्रदेश : रबिन्द्र जंग शाही (कप्तान), निश्चल रावल, दिवान पुन, ललित प्याकुरेल, हेमन्त ओली, दिनेश अधिकारी, हिमांशु शाही, विपिन रावल, राज कुमार शाह, अनुज चनारा, तारा प्रसाद गिरी, रुपक दाहल, युनिश विक्रम सिंह र अभिषेक बम ठकुरी

सुदूरपश्चिम प्रदेश : सन्तोष भट्ट ( कप्तान ) , खडक बहादुर बोहरा ( उपकप्तान ) , अर्जुन साउद, अरुण ऐरी, गजेन्द्र बोहरा, संजु दमाई, सुरज तिरुवा, किरण ठगुन्ना, बिनोद लामा, शेर लामा, हेमन्त धामी, नारायण जोशी, नरेन्द्र साउद, भोजराज भट्ट

प्रदेश-२ ( २४ सदस्यीय प्रारम्भिक टिम ) : हरिशंकर शाह, आशिष झा, सुधिर चौधरी, रवी सिंह, अरनिको यादव, राजकुमार शाहनी, हिमांशु दत्त, सुरज प्रसाद कुर्मी ( कप्तान ) , तिर्थराज दास, बिशाल सुश्लिंग, रवी शाह, बिबेक यादव, राहुल प्रताप सिंह ( उपकप्तान ) , समिर नेपाल, अल्फाज मन्सुरी, नसरुदीन अन्सारी, डब्लु मल्लिक,, महबुब आलम, दिब्यान्शु मलिक, गुलशन झा, आदील अन्सारी, सैफुल्लाह अन्सारी, कुमार थापा, प्रदिप पासवान

२०७७ माघ २, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment