अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आन्द्रे फ्लेचर र एडम जम्पा चम्कदा शुक्रबार सम्पन्न ४० औं खेलमा ग्लेन म्याक्स्वेल कप्तानीको मेलबर्न स्टार्सले एलेक्स केरी कप्तानीको एडिलेड स्ट्राइकर्सलाई १११ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
जितसंगै १० खेलमा ४ जित र ५ हारपछि २० अंक बटुल्दै स्टार्स अंकतालिकाको चौथौं स्थानमा उक्लिएको छ भने ११ खेलमा ५ जित र ६ हारसहित समान २० अंक जोडेको स्ट्राइकर्स अंकतालिकाको छैटौं स्थानमा यथावत रहेको छ।
मेलबर्न स्थित मेलबर्न क्रिकेट मैदानमा सम्पन्न खेलमा १८० रनको विशाल लक्ष्य पछ्याएको स्ट्राइकर्स १४.२ ओभरमा ६८ रनको योगाफलमै समेटियो। यो बिग ब्यास इतिहासकै तेस्रो तथा स्ट्राइकर्सको इतिहासकै सर्वाधिक कम योगफल हो। यसअघि २०१५ मा स्टार्सविरुद्धनै मेलबर्न रेनिगेड्स बिग ब्यास इतिहासकै सर्वाधिक कम योगफलमा समेटिने क्रममा ५७ रनमै अल आउट भएको थियो भने जारि सिजन होबार्टविरुद्ध रेनिगेड्स ६० रनको दोस्रो सर्वाधिक कम योगफलमा समेटिएको थियो। स्ट्राइकर्स भने यसअघि २०१२ मा सिड्नी सिक्सरविरुद्ध ८७ रनको सर्वाधिक कम योगफलमा समेटिएको थियो।
Here they come! The @StarsBBL make a BIG statement at the @MCG 💫 #BBL10 pic.twitter.com/MTz9MYCPue
— KFC Big Bash League (@BBL) January 15, 2021
स्ट्राइकर्सको ब्याटिंगमा म्याट रेंशले सर्वाधिक २०, जोनाथन वेल्सले १८ तथा ज्याक वेदरल्याण्डले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
एलेक्स केरी १ रनमा तथा फिल शाल्ट ५ रन बनाएर आउट भएपछि म्याट रेंश र जोनाथन वेल्सले तेस्रो विकेटको लागि ३६ रनको साझेदारी गर्दै स्ट्राइकर्सको इनिंग सम्हाले। रेंशलाई म्याक्सवेलले आउट गरेपछि स्ट्राइकर्सको इनिंग धराशायी बन्यो। त्यसपछि जम्पाले घातक बलिंग गर्ने क्रममा ५ विकेट हात पार्दै स्ट्राइकर्सलाई लज्जास्पद योगफलमा अल आउट पारे।
स्ट्राइकर्सलाई सस्तोमा समेट्ने क्रममा स्टार्सको बलिंगमा एडम जम्पाले (३.२-०-१७-५) सर्वाधिक ५ विकेट तथा म्याक्सवेल र जाहिर खानले समान २ विकेट लिए। यस्तै, बिल्ली स्ट्यानलेकले १ विकेट हात पारे।

यसअघि ब्याट फिलिप हारेर ब्याटिंगको निम्तो पाएको स्टार्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १७९ रन बनाएको थियो। उसको लागि ओपनरद्वय आन्द्रे फ्लेचरले ४९ बलमा ८९ रनको विस्फोटक पारि खेले जुनक्रममा ८ चौका र २ छक्का हिर्काए। उनको यो बिग ब्यास इतिहासकै पहिलो अर्धशतक हो। फ्लेचरले पछिल्लो ३० टि-२० खेलमा कुनै अर्धशतक बनाउँन सकेका थिएनन्। २०१९ को बंगलादेश प्रिमियर लिगमा शतक बनाएपछि उनले आज पहिलो पटक टि-२० खेलमा अर्धशतक प्रहार गरेका हुन्। सुरुवाती ९ खेलमा फ्लेचरले १८ रन पार गर्न सकेका थिएनन्।
मार्कश स्टोइनिस २६ बलमा १३ रनको सुस्त पारि खेलेर आउट भएपछि फ्लेचरले म्याक्स्वेलसँग दोस्रो विकेटको लागि ६१ रनको साझेदारी गरे।म्याक्स्वेल २८ बलमा ३ चौका र १ छक्काको मद्धतमा ३१ रन बनाएर आउट भएपछि फ्लेचरले हिल्टन कार्टराइटसँग ७७ रनको अविजित साझेदारी गर्दै मेलबर्नलाई विशाल योगफलतर्फ डोर्याए। कार्टराइटले १७ बलमा ३० रन बनाए जुनक्रममा समान २ चौका र २ छक्का प्रहार गरे।
इनिंगको १२ बल बाँकी रहँदा फ्लेचर व्यक्तिगत ८२ रनको स्कोरमा खेलिरहेका थिए। त्यसपछि उनले केवल २ बलको सामना गरे जसमा १ छक्कासहित ७ रन बटुले। उनले इनिंगको अन्तिम बलमा छक्का हिर्काएका थिए।
स्ट्राइकर्सको बलिंगमा केमरुन भ्यालेन्टे (४-०-३६-१) र ड्यानी ब्रिग्सले (४-०-३६-१) समान १ ली भने अन्य बलर विकेटविहिन रहे।