प्रम कप : एपीएफद्वारा गण्डकी १०६ रनमै सिमित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सातौँ दिन मुलपानी मैदानमा जारि समुह ‘ए’ अन्तर्गतको खेलमा गण्डकी प्रदेश र नेपाल एपीएफ क्लब प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस हारेर ब्याटिंग गरेको गण्डकी प्रदेशले ४६ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०६ रन बनाउदै एपीएफलाई १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

गण्डकीको लागि ओपनर समिर कंडेलले सर्वाधिक ३६ रन बनाए भने बिष्णु पाण्डे र दिपेश खत्रीले समान १५ रन तथा दिनेश बुढामगरले १२ रन बनाए।

एपीएफको बलिंगमा कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। अविनाश बोहरा र शरद भेसावकरले समान २ विकेट तथा किशोर महतोले १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत  एपीएफले पहिलो खेलमा प्रदेश-१ लाई पराजित गरेको थियो। गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबसंग हार बेहोर्द प्रदेश-१ लाई पराजित गरेको थियो।

स्कोरकार्ड, अंकतालिका 

२०७७ माघ ८, बिहीबार मा प्रकाशित