राजस्थान रोयल्सद्वारा रोबिन उथप्पा चेन्नाईलाई ट्रेड

आईपीएल टिम राजस्थान रोयल्सले आफ्नो ब्याट्सम्यान रोबिन उथप्पालाई चेन्नाई सुपर किंग्समा ट्रेड गरेको छ। आईपीएल २०१४ को अरेन्ज क्याप विजेता उथप्पाले लिगमा राजस्थानबाट खेल्नु अघि मुम्बई इन्डियन्स, रोयल च्यालेन्जर्स बैंगलोर, पुने वारियर्स, कोलकाता नाइट राइडर्स जस्ता टिमको लागि यस अघि खेलेका थिए। चेन्नाई उथप्पाको छैठौं आईपीएल टिम हुनेछ।

“मैले रोयल्समा राम्रो समय बिताए र त्यसको निकै मजा लिए। म मेरो क्रिकेट यात्राको अर्को पाटो आईपीएल २०२१ मा चेन्नाई सुपर किंग्सबाट गर्नेछु जसको लागि उत्साहित छु।” राजस्थानले जारि गरेको बिज्ञप्तिमा उथप्पाले बताएका छन्।

उथप्पालाई राजस्थानले आईपीएल २०२० सिजन अघि टिममा भित्र्याएको थियो। दायाँ हाते ब्याट्सम्यानले गत सिजन १२ खेलमा १९६ रन बनाए। लिग इतिहासमा एउटा पनि अर्धशतक प्रहार नगरेको उथप्पाको यो तेश्रो सिजन थियो। राजस्थान रोयल्स पनि लिग अंकतालिकाको १४ खेलमा १२ अंक बटुल्दै पुछारमा रहेको थियो।

आईपीएल करियरमा उथप्पाले १८९ खेल खेल्ने क्रममा २७.९२ को औशत र १२९.९९ को स्ट्राइक रेटमा ४ हजार ६ सय ७ रन बनाएका छन् जुन क्रममा उनले २४ वटा अर्धशतक प्रहार गरेका छन्।

राजस्थानले कप्तान स्टिभ स्मिथलाई रिलिज गर्ने निर्णय गरेको भोलिपल्ट उथप्पाको ट्रेडको खबर आएको हो। स्मिथ सहित राजस्थानले अंकित राजपुत, ओशेन थोमस, आकाश सिंह, वरुण आरोन, टम करन, अनिरुद्ध जोशी, शशांक सिंहलाई रिलिज गरेको छ। अब राजस्थानसंग आईपीएल २०२१ को फेब्रुअरीमा हुने अक्सनको लागि पर्समा ३४.८५ करोड भारु रहेको छ।

राजस्थान रोयल्सले रिलिज गरेको खेलाडीहरु : स्टिभ स्मिथ, अंकित राजपुत, ओशेन थोमस, आकाश सिंह, वरुण आरोन, टम करन, अनिरुध जोशी, शशांक सिंह

राजस्थान रोयल्सले रिटेन गरेको खेलाडीहरु : संजु स्यामसन, बेन स्टोक्स, जोफ्रा आर्चर, जोस बटलर, रियान पराग, श्रेयस गोपाल, राहुल तेवतिया, महिपाल लोमरोर, कार्तिक त्यागि, एन्ड्रु टाई, जयदेव उनदकत, मायाँक मारकंडे, यसस्वी जैसवाल, अनुज रावत, डेभिड मिलर, मनन बोहरा

राजस्थानले ट्रेड गरेको खेलाडी : रोबिन उथप्पा ( चेन्नाईमा )

रोबिन उथप्पा चेन्नाईमा भित्रिएपछि हाल चेन्नाई टिम : महेन्द्र सिंह धोनी, एन जगदिशन, रुतुराज गायकवाड, रभिन्द्र जडेजा, जोश हेजलवुड, कर्ण शर्मा, अम्बाती रायडु, सुरेश रैना, इमरान ताहिर, दिपक चाहर, फाफ डु प्लेसी, शार्दुल ठाकुर, मिचेल स्यान्टनर, ड्वेन ब्राभो, लुंगी एनगिडी, स्याम करन, शाइ किशोर, रोबिन उथप्पा

चेन्नाईले रिलिज गरेका खेलाडी : हरभजन सिंह, केदार जाधब, पियुष चावला, शेन वाटसन, मुरली विजय, मोनु सिंह

सम्बन्धित : 

आईपीएल २०२१ : कुन टिमले कुन-कुन खेलाडी फुकुवा र टिमसंग राख्यो ( पुरा सुची )

दिल्लीले फुकुवा गरेपछि सन्दिपले यसरी दिए धन्यवाद

२०७७ माघ ९, शुक्रबार मा प्रकाशित