बिग ब्यास : पर्थ बिरुद्ध सन्दिपले लिए २ विकेट

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत नेपाली स्पिनर सन्दिप लामिछानेले जारि सिजन छैठौं खेल खेल्ने क्रममा पर्थ स्करचर्स बिरुद्ध राम्रो बलिंग गरेका छन्। पछिल्लो २ खेलमा विकेट विहिन रहेका सन्दिपले तेश्रो खेलमा भने उत्कृस्ट पुनरागमन गरेका हुन्।

लिगको ४७ औं खेलमा टस जितेर ब्याटिंग गरेको पर्थलाई दबाबमा राख्ने क्रममा सन्दिपले माथिल्लो क्रमको २ विकेट लिएका हुन्। सन्दिपले १३ ओभरको खेल चल्दै गर्दा आफ्नो स्पेल सक्ने क्रममा ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। यस क्रममा सन्दिपले लियाम लिभिंगस्टोन र मिचेल मार्शको विकेट लिएका हुन्।

पहिलो ओभर : १० रन खर्चेर १ विकेट ( ६ , १ , १ , विकेट , लेगबाई १ , १ )

छैठौं ओभरमा बलिंग गरेका सन्दिपलाई पहिलो बलमै लियाम लिभिंगस्टोनले छक्का हिर्काए। त्यसपछि ओभरको चौथो बलमा सन्दिपले लिभिंगस्टोनलाई दविड मलानबाट क्याच आउट गराए। अर्को आक्रामक सट खेल्ने क्रममा सन्दिपलाई उनले विकेट दिए। फलस्वरुप १५ बलमा २६ रन बनाएर खतरा बनिरहेका लिभिंगस्टोनको महत्वपूर्ण विकेट सन्दिपले लिए।

दोश्रो ओभर : ५ रन खर्चेर १ विकेट ( १ , १ , १ , ० , विकेट , २ )

आठौँ ओभरमा दोश्रो ओभर बलिंग गरेका सन्दिपले पाँचौ बलमा मिचेल मार्शलाई एलबिडब्लु आउट गरे। सन्दिपले गरेको गुगलीलाई मार्शले बुझ्न सकेनन् र ७ रन बनाएर आउट भए। पर्थको चौथो विकेट लिंदै सन्दिपले होबार्टलाई खेलमा हावी गराए।

तेश्रो ओभर : ७ रन ( २ , १ , १ , १ , १ , १ )

११ औं ओभरमा तेश्रो ओभर बलिंग गरेका सन्दिपलाई जोश इंगलिस र एस्टन टर्नरले आक्रामक सट खेलेनन्। पहिलो बलमा इंगलिसले २ रन लिए पछि बाँकी सबै बलमा दुवैले १/१ रन लिए।

चौथो ओभर : ६ रन (  ० , ० , ४ , ० , १ , १ )

१३ औं ओभरमा स्पेलको अन्त्य गर्ने क्रममा सन्दिपले मात्र ६ रन खर्चिए। ओभरको तेश्रो बलमा सन्दिपले दिएको अफस्टम्प बाहिरको सहज बललाई एस्टन टर्नरले एक्स्ट्रा कभरमा चौका प्रहार गरे। अन्य बलमा सन्दिपले कसिलो बलिंग गरे।

लिग अन्तर्गत नेपाली स्पिनरले यो सिजन ६ खेलमा विकेट संख्या पनि ६ नै पुर्याएका छन्। उनले पहिलो २ खेलमा मेलबर्न स्टार्सको लागि खेल्दा २ र १ विकेट लिएका थिए भने तेश्रो खेलमा सिड्नी थन्डर्स बिरुद्ध १ विकेट लिएका थिए।

यो पनि पढ्नुस :-

दिल्लीले फुकुवा गरेपछि सन्दिपले यसरी दिए धन्यवाद

टि-१० लिगमा सहभागी हुन नेपाली खेलाडीहरु युएई प्रस्थान, कहिले छ खेल

२०७७ माघ ९, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment