प्रम कप : मुस्किल अवस्थामा बिबेकको उत्कृस्ट इनिंग्स, प्रदेश-२ ले बनायो १७९ रन

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत १४ औं खेलमा समुह ‘बि’ अन्तर्गत मुलपानी मैदानमा प्रदेश नम्बर-२ र बागमती प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर ब्याटिंग गरेको प्रदेश-२ ले ४८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १७९ रन बनाउदै बागमतीलाई १८० रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड 

प्रदेश-२ को लागि बिबेक यादबले दोश्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ६६ रन योगदान दिए। उनले ७४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। कुमार थापाले २२ रन, राहुल प्रताप सिंहले १८ रन तथा सुधिर चौधरीले १५ रन बनाए।

एक समय ६९ रनको योगफलमा ७ विकेट गुमाएको प्रदेश-२ को इनिंग्सलाई त्यसपछि विवेक यादवले सम्हालेका थिए। नवौं नम्बरमा ब्याटिंग गर्न आएका यादबले आठौँ विकेटको लागि राहुल प्रताप सिंहसंग ५३ रनको साझेदारी गरे। राहुल आउट भएपछि उनले कुमार थापासंग ३६ रनको साझेदारी गर्दै टिमको योगफल १५० पार गराए। यादब ४९ औं ओभरमा रन आउट हुन पुगे।

बागमती प्रदेशको बलिंगमा गौतम केसीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै २९ रन खर्चिए। रामनरेश गिरिले २ तथा नन्दन यादब, तिलक भण्डारी र बिपिन आचार्यले समान १ विकेट लिए।

स्कोरकार्ड 

प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा प्रदेश-२ लुम्बिनी प्रदेशसंग पराजित भएको थियो भने बागमती प्रदेशले यस अघिको दुई खेलमा जित दर्ता गर्ने क्रममा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो।

२०७७ माघ ९, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment