राष्ट्रिय महिला लिग : पुलिसको फराकिलो जित

काठमाडौं, माघ ९ गते ।

राष्ट्रिय महिला लिग २०७७ को चौथो खेलमा विभागीय टोलि नेपाल पुलिस क्लबले चौदण्डीगढीलाई ६–० ले हराएको हो । लिगको पहिलो खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मीसँग बराबरी खेल्दै अङ्क बाँडेको थियो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा पुलिसका लागि रेखा पौडेल र सृजना खड्काले सामान दुई दुई गोल गरे । अमृता जैसी र निर्मला विकले एक एक गोल गर्दा पुलिस ६–० को विशाल अन्तरको जित हात पार्न सफल भयो ।

नेपालको लागि अन्तर्राष्ट्रिय स्पर्धामा समेत सहभागी रेखा पौडेलले खेलको २८ औं मिनेटमा पुलिसका लागि पहिलो गोल गरिन् । ८९ औं मिनेटमा उनले ब्यक्तिगत् दोस्रो तथा पुलिसका लागि पाँचौं गोल गरिन् । त्यसअघि अमृता जैसीले हाफ टाइम सकिन चार मिनेट बाँकी रहँदा गोल थपेर पुलिसको अग्रता दोब्बर बनाईन् ।

सृजना खड्काले हाफ टाइम सकिनै लाग्दा ४५ औं मिनेटमा आफ्नो पहिलो गोल पुरा गर्दै पुलिसको अग्रता ३–० गरिन् । अतिरिक्त समयमा खड्काले आफ्नो दोस्रो तथा पुलिसका लागि छैटाैं गोल गर्दै चौदण्डीगढीमाथि ६–० को जित सुनिश्चित गरिन्।

 

२०७७ माघ ९, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment