प्रम कप : ६२ रनमै समेटियो सुदूरपश्चिम

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत मुलपानी मैदानमा जारि समुह ‘बि’ अन्तर्गतको खेलमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस हारेर ब्याटिंग गरेको सुदूरपश्चिम २७.४ ओभरमा ६२ रनमै समेटिन पुगेको छ।

सुदूरपश्चिमको लागि नारायण जोशीले सर्वाधिक १७ तथा कप्तान सन्तोष भट्टले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। पहिलो ७ विकेट ३४ रनको स्कोरमा गुमाएपछि सन्तोष भट्ट र नारायण जोशीले आठौँ विकेटको लागि २६ रनको साझेदारी गरेका थिए।

Krishna Karki

लुम्बिनी प्रदेशको बलिंगमा कप्तान कृष्ण कार्कीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा ३ मेडन ओभर गर्दै १७ रन खर्चिए। अनिल खरेल र बिक्रम भुसालले समान २ विकेट तथा सन्दिप सुनार र दिपेन्द्र रावतले समान १ विकेट लिए।

समुह ‘बि’ अंकतालिकामा लुम्बिनी २ खेलमा १ जित र १ हार पछि २ अंक सहित तेश्रो स्थानमा रहेको छ भने दुवै खेलमा हार बेहोरेको सुदूरपश्चिम पाँचौ स्थानमा छ। आज जित हात पारे लुम्बिनीले दोश्रो स्थानमा रहेको नेपाल पुलिस क्लबसंग अंक बराबरी गर्नेछ। बागमती प्रदेशले तिन वटै खेलमा जित हात पारेर ६ अंक सहित शिर्षस्थानमा रहेको छ। स्कोरकार्ड,अंकतालिका 

२०७७ माघ १०, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment