प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गतको खेलमा प्रदेश-२ र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको प्रदेश-२ ले ४२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १९५ रन बनाउदै सुदूरपश्चिमलाई १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
प्रदेश-२ को लागि ओपनर हरिशंकर शाहले सर्वाधिक ६० रन बनाए जुन क्रममा ७३ बलमा ९ चौका प्रहार गरे। यस्तै बिबेक यादवले ४१, महबुब आलमले २३ रन योगदान दिए।
सुदूरपश्चिम प्रदेशको बलिंगमा शेर मल्ल र नरेन्द्र साउदले समान ३ विकेट लिए। अरुण ऐरीले २ विकेट लिए भने भोजराज भट्ट र हेमन्त धामीले समान १ विकेट हात पारे।