आर्मीको जितमा विमलाको ह्याट्रिक

काठमाडौं, माघ ११ गते । विमला चौधरीले हयाट्रिक गोल गरेपछि त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकालाई विशाल अन्तरले हराएको छ । राष्ट्रिय महिला लिगको पाँचौं खेलमा आर्मीले वालिङमाथि ७–० को फराकिलो अन्तरको जित हात पारेको छ ।

विमलाले खेल सुरु भएको १५ औं मिनेटमा पहिलो गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाइन् । दीपा राईले २८ औं मिनेटमा आर्मीको गोल अन्तर दोब्बर पारिन् । हाफटाइमको ठीक अघि शर्मिला थापाले आर्मीको अग्रतालाई तेब्बर पारिन् ।

त्रिभुवन आर्मी त्यत्तिकैमा रोकिएन । दोस्रो हाफको ६६ औं र ७५ औं मिनेटमा विमला चौधरीले थप दुई गोल गर्दै आफ्नो हयाट्रिक गोल पूरा गरिन् । विस्थापित हेमा चौधरीले ८९ औं र भुजङ्गा राईले ९२ औं मिनेटमा थप एक एक गोल गर्दा आर्मीले वालिङमाथि ७–० को जित सुनिश्चित गर्यो ।

२०७७ माघ ११, आईतवार मा प्रकाशित