प्रम कप : गर या मरको खेलमा पुलिसले १७० रनको लक्ष्य पछ्याउनु पर्ने

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह चरण अन्तर्गत अन्तिम दिनको समुह ‘बि’ को अन्तिम खेलमा प्रदेश नम्बर-२ र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गरिरहेका छन्।

यो खेलमा प्रदेश-२ विजयी भए समुह ‘बि’ बाट लुम्बिनी प्रदेश सेमीफाइनल प्रवेश गर्नेछ। पुलिसले जिते पुलिस सेमीफाइनल पुग्नेछ। बागमती प्रदेशले सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

मुलपानी मैदानमा जारी खेलमा टस हारेर ब्याटिंग गरेको प्रदेश-२ ले निर्धारित ४७ ओभरमा ९ विकेट गुमाएर १६९ रन बनाउदै पुलिसलाई १७० रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रदेश-२ को लागि ओपनर हरिशंकर शाहले सर्व्धिक ५३ रन योगदान दिए जुन क्रममा ८४ बलमा ५ चौका र १ छक्का प्रहार गरे। उनले यस अघि सुदूरपश्चिम बिरुद्धको खेलमा पनि अर्धशतक बनाएका थिए। हिमांशु दत्ताले १६, आदील अन्सारीले १५ रन, सुरज कुर्मीले १३ रन, रभी सिंह र बिशाल सुश्लिंगए समान १२ रन योगदान दिए।

पुलिसको बलिंगमा ललित राजबंशीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ८ ओभरमा १ मेडन ओभर गर्दै ३७ रन खर्चिए। सागर ढकालले २ तथा पवन सर्राफले १ विकेट लिए।

स्कोरकार्ड, अंकतालिका 

२०७७ माघ १२, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment