प्रम कप : एपीएफद्वारा आर्मीलाई २४१ रनको लक्ष्य, हरिले लिए ५ विकेट

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह चरणको अन्तिम दिनको समुह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गरिरहेका छन्।

टियु मैदान किर्तिपुरमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको एपीएफले ४९.४ ओभरमा २४० रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको छ।

एपीएफको लागि सुमित महर्जनले सर्वाधिक ४६ रन बनाए। यस्तै सुबास खकुरेलले ३८, सन्दिप जोराले २८, अमर सिंह रौटेलाले २६, शरद भेसावकरले २४ रन तथा बसन्त रेग्मीले २० रन योगदान दिए।

आर्मीको बलिंगमा हरि बहादुर चौहानले सर्वाधिक ५ विकेट लिए जुन क्रममा ९.४ ओभरमा १ मेडन ओभर गर्दै ६० रन खर्चिए। शाहब आलमले २ तथा आकाश चन्द, बिक्रम सोब र सुशन भारिले समान १ विकेट लिए।

समुह ‘ए’ बाट आर्मी र एपीएफ दुवै सेमीफाईनल पुगीसकेका छन्। यो खेल जित्ने टिम विजेता र हारे टिम उपविजेताको रुपमा सेमीफाइनल पुग्नेछ।

स्कोरकार्ड, अंकतालिका  

२०७७ माघ १२, सोमबार मा प्रकाशित