टि-१० लिग : एक ओभर बलिंग पाएका करन महँगो सावित

युनाइटेड अरब इमिरेट्समा आज सुरु भएको ‘अबु धाबी टि-१० लिग’ अन्तर्गत दिनको दोश्रो खेलमा नेपाली खेलाडी करन केसी आबद्ध पुने डेभिल्सले डेक्कन ग्ल्याडीएटर्ससंग प्रतिस्पर्धा गरिरहेको छ। पुनेको कप्तानी बंगलादेशी क्रिकेटर नासिर हुसेनले गरिरहेका छन् भने डेक्कनको वेस्ट इन्डिज क्रिकेटर काइरन पोलार्डले गरिरहेका छन्।

खेलमा टस जितेर पुनेले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको डेक्कन ग्ल्याडीएटर्सले निर्धारित १० ओभरमा १०४ रन बनाउदै पुनेलाई १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

डेक्कनको लागि क्यामरन डेलपोर्टले २५ रन, प्रशान्त गुप्तले १७ रन बनाए। मोहम्मद शहजादले ८ रन, सुनिल नारायणले १ रन तथा काइरन पोलार्डले २ रन मात्र बनाउन सके। पुनेको बलिंगमा कप्तान नासिर हुसेनले सर्वाधिक ३ विकेट लिए। ओमानका फास्ट बलर मुनिस अन्सारीले २ विकेट लिए जुन क्रममा २ ओभरमा मात्र ११ रन खर्चिए।

खेलमा नेपाली फास्ट बलर करन केसीले १ ओभर मात्र बलिंग गर्ने क्रममा कुल १७ रन खर्चिए।

करनको ओभर : १७ रन ( १ , १ , ४ , १ , ६-नो बल, २, १ )

छैठौं ओभरमा पहिलो ओभर गरेका करनले पहिलो र दोश्रो बलमा मात्र १ रन दिए। तेश्रो बलमा करनले गरेको फुल लेन्थ बललाई प्रशान्त गुप्ताले अगाडी सरेर फाइन लेगमा चौका हिर्काए। चौथो बलमा करनको बाउन्सरमा प्रशान्तले पुल गर्दै १ रन लिए। त्यसपछिको फुल लेन्थ बलमा दक्षिण अफ्रिदी ब्याट्सम्यान क्यामरन डेलपोर्टले लंगअफमा छक्का हिर्काए। पाँचौ बलमा डेलपोर्टले लंगअफमा अर्को छक्का हिर्काए जुन बलमा एउटा फिल्डर ३० यार्ड सर्कल बाहिर राख्दा डेक्कनले नो बल पायो। त्यसपछिको बलमा डेलपोर्टले २ रन र अन्तिम बलमा १ रन लिंदै ओभर समाप्त गरे।

करन पहिलो पटक विदेशी लिग खेल्न छनोट भएका हुन्। करनको टिमको प्रशिक्षकमा विश्वप्रसिद्ध दक्षिण अफ्रिकी क्रिकेटर जोन्टि रोड्स रहेका छन्।

करन संगै यो सिजन टि-१० लिगमा सोमपाल कामि र कुशल मल्ल पनि खेलीरहेका छन्। सोमपालले आजै सम्पन्न पहिलो खेलमा मराठा अरबीयन्सको लागि डेब्यु गर्ने क्रममा २ ओभरम २८ रन खर्चिए। मराठाले लिगमा विजयी सुरुवात गरेको छ।

कुशल आबद्द टिम अबु धाबीले पहिलो खेल शुक्रबार राति १०:४५ बजे डेक्कन ग्ल्याडीएटर्ससंग खेल्नेछ।

सम्बन्धित :-

टि-१० लिग : क्याच छुट्दा सोमपाल विकेटविहिन, यस्तो रह्यो प्रदर्शन

टि-१० लिग : रोमान्चक खेलमा सोमपाल आबद्ध मराठा विजयी, यस्तो रह्यो सोमपालको प्रदर्शन

२०७७ माघ १५, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment