टि-१० लिग : पुने टस हारेर ब्याटिंग गर्दै, करन अन्तिम-११ मा

युएईमा जारि ‘अबु धाबी टि-१० लिग’ अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा नेपाली खेलाडी करन केसी आवद्ध टिम पुने डेभिल्स र कलन्दर्स प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय ५:४५ बजे सुरु हुँदैछ। खेलहरुको प्रत्यक्ष प्रशारण टिभीमा सोनी सिक्स च्यानलले गरिरहेको छ।

खेलमा टस जितेर कलन्दर्सले बलिंग रोजेको छ। पुनेले आज पनि नेपाली अलराउण्डर करन केसीलाई अन्तिम-११ मा मौका दिएको छ।

यस्तो छ पुनेको अन्तिम ११ :- Tom Kohler-Cadmore, Kennar Lewis, Chadwick Walton(w), Nasir Hossain(c), Darwish Rasooli, Asif Khan, Karan KC, Hardus Viljoen, Mohammad Amir, Munis Ansari, Sam Wisniewski

कलन्दर्सको अन्तिम-११ : Tom Banton, Sharjeel Khan, Sohail Akhtar(c), Asif Ali, Ben Dunk(w), Samit Patel, Chris Jordan, Sohail Tanvir, Sultan Ahmed, Danyal Ahmed, Azmatullah Omarzai

लिग अन्तर्गत यस अघि बिहिबार सम्पन्न खेलमा पुनेले विजयी सुरुवात गर्ने क्रममा डेक्कन ग्ल्याडीएटर्सलाई ७ विकेटले पराजित गरेको थियो। डेक्कनले दिएको १०५ रनको लक्ष्य पुनेले ३ विकेट गुमाएर पुरा गरेको थियो। खेलमा करन केसीले १ ओभर बलिंग गरेका थिए जसमा १७ रन खर्चेका थिए।

लिग अन्तर्गत आजनै सोमपाल कामि आवद्ध टिम मराठा अरबियन्सले दिल्ली बुल्ससंग खेल्नेछ। खेल नेपाली समय ८ बजे बेलुका सुरु हुनेछ। यस्तै आजै कुशल मल्ल आवद्ध टिम अबुधाबीले डेक्कन ग्ल्याडीएटर्ससंग खेल्नेछ। खेल नेपाली समय राति १०:१५ बजे सुरु हुनेछ। टिम अबु धाबीमा पारस खड्का मेन्टरको रुपमा आवद्ध रहेका छन्।

सम्बन्धित :

टि-१० लिग : आज कुशल, सोमपाल र करन आवद्ध टिमको खेल

टि-१० लिग : क्याच छुट्दा सोमपाल विकेटविहिन, यस्तो रह्यो प्रदर्शन

२०७७ माघ १६, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment