टि-१० लिग : पहिलो खेलमा कुशलले पाएनन् मौका

युएईमा जारि चौथो संस्करणको ‘अबु धाबी टि-१० लिग’ अन्तर्गत दोश्रो दिनको तेश्रो खेलमा डेक्कन ग्ल्याडीएटर्स र टिम अबु धाबी प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय १०:४५ बजे राति सुरु हुँदैछ।

खेलमा टस जितेर डेक्कनले टिम अबु धाबीलाई ब्याटिंगको निम्तो दिएको छ। अबुधाबीले लिगमा पहिलो खेल खेल्न लागेको हो।

टिम अबु धाबीसंग आबद्ध रहेका नेपाली युवा ब्याट्सम्यान कुशल मल्ललाई अबु धाबीले अन्तिम-११ मा मौका दिएको छैन। यस अघि मराठा अरबियन्समा आवद्ध सोमपाल कामि र पुने डेभिल्समा आवद्ध करन केसीले भने टिमले खेलेको दुवै खेलमा मौका पाएका थिए।

अबुधाबीको अन्तिम-११ : Luke Wright(c), Chris Gayle, Ben Duckett(w), Najibullah Zadran, Paul Stirling, Joe Clarke, Rohan Mustafa, Jamie Overton, Obed McCoy, Usman Shinwari, Naveen-ul-Haq

डेक्कन ग्ल्याडीएटर्सको अन्तिम-११ : Mohammad Shahzad(w), Sunil Narine, Cameron Delport, Kieron Pollard(c), Prashant Gupta, Azam Khan, Imtiaz Ahmed, Aaron Summers, Zahoor Khan, Ravi Rampaul, Imran Tahir

२०७७ माघ १६, शुक्रबार मा प्रकाशित