राष्ट्रिय महिला लिग : एपीएफद्वारा चौदण्डी २२-० ले पराजित, साबित्राको दर्जन गोल

राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत एपीएफले चौदण्डीगढी नगरपालिकामाथि २२–० को विशाल अन्तरको जित हात पारेको छ । एपीएफको जितमा सबित्रा भण्डारी एक्लैले १२ गोल गरिन्।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा एपीएफका लागि सबित्रा भण्डारीले १२, अनु लामाले पाँच, अनिता बस्नेतले तिन गोल गरिन् । सरु लिम्बु र रेणुका नगरकोटेले सामान एक एक गोल गरिन् । नियमित गोलरक्षक घाइते भएपछि चौदण्डीगढीले आफ्नो स्ट्राइकर अञ्जना थुलुङलाई गोलपोष्टको जिम्मेवारी दिएको थियो ।

जितसँगै एपीएफ अङ्कतालिकाको शीर्ष स्थानमा यथावत छ । उसले छ खेलबाट १८ अङ्क बटुलेको छ । सबै खेल गुमाएर चौदण्डीगढी भने तालिकाको पूछारमा छ ।

२०७७ माघ १९, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment