नेपाली महिला भलिबल टिमले एसियन च्याम्पियनसिप खेल्ने पक्का

काठमाडौं । नेपालको राष्ट्रिय महिला भलिबल टिमले एसियन च्याम्पियनसिप खेल्ने पक्का भएको छ । एसियन भलिबल महासंघ (एभीसी)को बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेको हो ।

च्याम्पियनसीपमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । आयोजक राष्ट्र चीन र वरियताको शीर्ष दशमा रहने देशले सिधै प्रवेश पाएका हुन् भने अन्य बाँकी रहेका पाँचवटा कोटा भलिवल महासंघले इस्टर्न, वेस्टर्न, सेन्ट्रल, ओसियाना र साउथ इस्टर्नजोनका लागि छुट्याएको थियो ।

सेन्ट्रल जोनमा रहेको नेपाल र श्रीलङकाले दावी गरेका थिए । तर वेस्टर्न र इस्टर्न जोनमा रहेका देशले दावी नगरेपछि नेपाल र श्रीलङका दुवैले च्याम्पियनसीप खेल्ने अवसर पाएका हुन् ।

चाईना भलिबल संघले आयोजना गर्ने एसियन च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म आयोजना हुँदैछ ।

२०७७ माघ २०, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment