युएईमा जारि अबुधाबी टि-१० लिग अन्तर्गत सुपर लिग चरणको खेलमा दिल्ली बुल्स र नेपाली खेलाडी करन केसी आवद्ध टिम पुने डेभिल्स प्रतिस्पर्धा गर्दैछन्।
खेलमा दिल्ली बुल्सले टस जितेर पुनेलाई ब्याटिंगको निम्तो दिएको छ। खेल नेपाली समय ८ बजे राति सुरु हुँदैछ।
खेलमा पुनेले पाँचौ खेलमा पनि नेपाली फास्ट बलर करन केसीलाई अन्तिम-११ मा समाबेश गरेको छ।
दिल्ली बुल्सको अन्तिम ११ : Rahmanullah Gurbaz(w), Evin Lewis, Sherfane Rutherford, Mohammad Nabi, Tom Abell, Ravi Bopara, Dwayne Bravo(c), Shiraz Ahmed, Ali Khan, Amad Butt, Fidel Edwards
पुने डेभिल्सको अन्तिम ११ : Tom Kohler-Cadmore, Kennar Lewis, Chadwick Walton(w), Alex Davies, Devon Thomas, Nasir Hossain(c), Karan KC, Monir Hossain, Mohammad Amir, Munis Ansari, Ahmed Raza
लिगमा करनले यस अघि खेलेको ४ वटा खेलमा १ विकेट लिन सकेका छन्। लिगको पहिलो खेलमा करनले डेक्कन ग्ल्याडीएटर्ससंग १ ओभरमा १७ रन खर्चेका थिए। दोश्रो खेलमा कलन्दर्ससंग १ ओभरमा ९ रन खर्चेका थिए। तेश्रो खेलमा करनले टिम अबुधाबी बिरुद्ध क्रिस गेलको विकेट लिंदा १ ओभरमा १८ रन खर्चेका थिए। चौथो खेलमा बांग्ला बिरुद्ध करनले १ ओभरमा १७ रन खर्चेर विकेटविहिन रहे।
सम्बन्धित :-