टि-१० लिग : पुने टि-१० इतिहासकै दोश्रो कम योगफल ५७ रनमै सिमित, करन गोल्डेन डक

युएईमा जारि अबुधाबी टि-१० लिग अन्तर्गत १७ औं खेलमा नेपाली खेलाडी करन केसी आवद्ध पुने डेभिल्स र दिल्ली बुल्स प्रतिस्पर्धा गरिरहेका छन्।

सुपर लिग चरण अन्तर्गतको खेलमा टस हारेर ब्याटिंग गरेको पुनेले निर्धारित १० ओभरमा ७ विकेट गुमाएर ५७ रन मात्र बनाउन सक्यो।

पुनेले बनाएको ५७ रन अबुधाबी टि-१० लिग इतिहासकै दोश्रो कम योगफल हो। लिगमा सबै भन्दा कम योगफल नर्दर्न वारियर्सले २०१९ मा बनाएको थियो। कलन्दर्सबिरुद्ध वारियर्स ४६ रनमा समेटिन पुगेको थियो।

पुनेको ब्याटिंगमा ओपनर केनार लुइसले सर्वाधिक १५ रन, डेभोन थोससले अविजित १४ रन तथा टम कोहलरले ११ रन बनाए।

लिगमा पहिलो पटक ब्याटिंग गर्ने मौका पाएका करन केसीले भने खाता खोल्न सकेनन्। सातौं नम्बरमा ब्याटिंग गर्न आएका करन अलि खानले ‘गोल्डेन डक’ गरे। अफस्टम्प बाहिर जाँदै गरेको बललाई थर्डम्यानको दिशामा खेल्न खोजेका करनको ब्याटको बाहिरि किनारा लागेको थियो।

दिल्लीको बलिंगमा अलि खानले ३ विकेट लिने क्रममा ०.५ ओभर बलिंग गर्दै कुनै पनि रन खर्चेनन्। खानले पाँचौ ओभर बलिंग गर्ने क्रममा तिन वटै विकेट लिएका थिए। नासिर हुसेन र करन केसीलाई लगातार बलमा आउट गरेपछि अलि खान घाइते हुँदै मैदान बाहिरिएका थिए। यस्तै अमाद बटले २ विकेट लिंदा फिडेल एडवार्ड्स र शिराज एहमदले समान १ विकेट लिए।

लिगमा हालसम्म करनको बलिंग प्रदर्शन 

लिगमा करनले यस अघि खेलेको ४ वटा खेलमा १ विकेट लिन सकेका छन्। लिगको पहिलो खेलमा करनले डेक्कन ग्ल्याडीएटर्ससंग १ ओभरमा १७ रन खर्चेका थिए। दोश्रो खेलमा कलन्दर्ससंग १ ओभरमा ९ रन खर्चेका थिए। तेश्रो खेलमा करनले टिम अबुधाबी बिरुद्ध क्रिस गेलको विकेट लिंदा १ ओभरमा १८ रन खर्चेका थिए। चौथो खेलमा बांग्ला बिरुद्ध करनले १ ओभरमा १७ रन खर्चेर विकेटविहिन रहे।

सम्बन्धित :-

काठमाडौँ मेयर कप क्रिकेट आयोजना हुने

टि-१० लिग : सोमपालले लिए पहिलो विकेट, मराठाको तेश्रो हार

२०७७ माघ २०, मंगलवार मा प्रकाशित