आईपीएलको ढोका ढक्ढक्याउदै सन्दिप सहित ८ नेपाली खेलाडी

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) को अक्सनको लागि ८ जना नेपाली खेलाडीहरुको नाम दर्ता भएको छ। हिजो (फेब्रुअरी ४) २०२१ आईपिएल अक्सनको लागि खेलाडी दर्ता गर्ने मिति थियो जसमा विभिन्न देशका कुल एक हजार ९७ जना खेलाडीहरुले आफ्नो नाम दर्ता गराएका छन्।

क्यानले प्रेस बिज्ञप्ति जारि गर्दै सन्दिप लामिछाने सहित बिनोद भण्डारी, करन केसी, सोमपाल कामि, कुशल मल्ल, शरद भेसावकर, अविनाश बोहरा र दिपेन्द्र ऐरीलाई अक्सनको लागि पठाएको हो। पहिलो पटक आईपीएल अक्सनमा नेपालबाट १ भन्दा धेरै खेलाडीको नाम दर्ता भएको हो।

आगामी सिजनको आईपिएल मिनी अक्सन फेब्रुअरी १८ मा चेन्नईमा आयोजना हुदैछ। उक्त अक्सनमा आईपिएल २०२१ का लागि विभिन्न टोलीहरुले अक्सनमा नाम दर्ता गराएका खेलाडीमाथि बोलि लगाएर टिममा भित्र्याउन सक्छन्। गत महिनानै सबै फ़्रेन्चाइजहरुले खेलाडी रिटेन (टिममै राख्ने) र रिलिज (फुकुवा गर्ने) गरेको खेलाडीका नाम सर्वाजनिक गरेको थियो।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले खेलनेपाललाई बताए अनुसार एसोसिएट कोटामा खेलाडी समाबेश गर्न आईपीएलसंग क्यानले समन्वय गरेको थियो। त्यस अनुसार क्यानले नेपालबाट १० जना खेलाडीहरुको नाम सिफारिस गरेको थियो। १० जना मध्ये राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले भने दर्ता गर्नको लागि फर्म नभरेको चन्दले खेलनेपाललाई जानकारी गराए।

एसोसिएट राष्ट्रबाट कुल २७ जना खेलाडीले नाम दर्ता गराएकोमा ८ जना खेलाडी नेपालबाट रहेका छन्। नेदरल्याण्डबाट १ जना, स्कटल्याण्डबाट ७ जना, युएईबाट ९ जना, अमेरिकाबाट २ जना खेलाडी अक्सनमा दर्ता भएका छन्।

यस अघि ३ सिजन दिल्ली क्यापिटल्ससंग आवद्ध रहेका लेग स्पिनर सन्दिप लामिछाने पनि यो पटक दिल्लीले फुकुवा गरेपछि अक्सनमा सहभागी हुनेछन्। उनलाई २०१८ को अक्सनमा २० लाख भारुमा दिल्लीले किनेको थियो।

अक्सनको लागि दर्ता भएका सबै खेलाडीहरुको नाम अक्सनमा भने आउने छैन। अक्सनमा सहभागी टिमहरुको रुची अनुसारका खेलाडीहरु मात्र अक्सनमा बोलकबोलको लागि प्रस्तुत हुनेछन्।

अक्सनको लागि दर्ता भएका सबै खेलाडीहरुको नाम अक्सनमा भने आउने छैन। अक्सनमा सहभागी टिमहरुको रुची अनुसारका खेलाडीहरु मात्र अक्सनमा बोलकबोलको लागि प्रस्तुत हुनेछन्।

सन्दिप लामिछाने पछि हालसम्म पारस खड्का, सोमपाल कामि, करन केसी र कुशल मल्ल विदेशी लिग खेल्न छनोट भएका छन्। सोमपाल ग्लोबल टि-२० लिग क्यानडा र टि-१० लिग खेलेका छन् भने पारस, करन र कुशल टि-१० लिगमा छानिएका छन्।

आईपिएलको आधिकारिक वेबसाइट अनुसार अक्सनमा दर्ता भएका कुल १०९७ खेलाडी मध्ये २०७ क्याप्ड, ८६३ अनक्याप्ड तथा २७ जना खेलाडीहरु एसोसिएट राष्ट्रबाट अटाएका छन्। २७ जना एसोसिएट खेलाडीहरुमा ८ जना खेलाडीहरु परेका हुन्।

आइपिएल अक्सनमा ६१ खेलाडीहरु बिक्रि हुनेछन्। एक टोलीमा १८ देखि २५ खेलाडी राख्न पाइन्छ जसमध्ये एउटा टिमले सर्वाधिक ८ जना विदेशी खेलाडी टिममा आवद्ध गर्न पाउने प्रावधान रहेको छ।

टेष्ट टोलीबाट वेस्टइन्डिजबाट सर्वाधिक ५६ खेलाडी छन् ।  अफगानिस्तानबाट ३०, अष्ट्रेलियाबाट ४२, बंगलादेशबाट ५, इंग्ल्यान्डबाट २१, आयरल्यान्डबाट २, न्युजिल्यान्डबाट २९, दक्षिण अफ्रिकाबाट ३८, श्रीलंकाबाट ३१ र वेस्टइन्डिजबाट ५६ खेलाडी छन् ।

सम्बन्धित :-

आईपीएल २०२१ : सन्दिपलाई दिल्लीले गर्यो रिलिज

२०७७ माघ २३, शुक्रबार मा प्रकाशित