शनिबार सम्पन्न फाइनल खेलमा पर्थ स्कोचर्सलाई २७ रनले पराजित गर्दै सिड्नी सिक्सरले १० औं संस्करणको बिग ब्यास लिगको उपाधि जितेको छ। डिफेन्डिंग च्याम्पियन समेत रहेको सिक्सरले योसंगै तेस्रो पटक बिग ब्यास लिगको उपाधि आफ्नो नाम गरेको हो। यसअघि सिक्सरले सुरुवाती सिजनमा पर्थ स्कोचर्सलाईनै ७ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो।
सिक्सरले समान तिन पटक तथा लगातार दुई पटक बिग ब्यास लिगको उपाधि चुमेको पर्थ स्कोचर्सको किर्तिमानमा समेत बराबरी गरेको छ। यसअघि पर्थले भने २०१३, २०१४ र २०१६ सिजनको उपाधि जितेको थियो।
The moment the @sixersBBL had been waiting for…
Back-to-back champs, and didn’t they love it 😄🏆🏆 #BBL10 #BBLFinals pic.twitter.com/Iht1ARUdUQ
— KFC Big Bash League (@BBL) February 6, 2021
सिड्नी स्थित सिड्नी क्रिकेट मैदानमा समपन्न फाइनल खेलमा १८९ रनको विशाल लक्ष्य पछ्याएको पर्थले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १६१ रन बनाउँन सक्यो। पर्थको लागि ओपनरद्वय लियाम लिभिङ्गस्टोनले ३५ बलमा ३ चौका र २ छक्काको मद्धतमा सर्वाधिक ४५ तथा केमरन बेनक्राफ्टले १९ बलमा ४ चौका र १ छक्काको मद्धतमा आक्रामक ३० रन बनाए।
पहिलो विकेटको लागि लिभिङ्गस्टोनसँग ४५ रनको साझेदारी गरेपछि बेनक्राफ्ट आउट भए। बेनक्राफ्ट को विकेटसँगै सिड्नी खेलमा हावी भयो। तिन नम्बरमा ब्याटिंग गर्न आएका कोलिन मन्रो २ रनमा आउट भएपछि लिभिङ्गस्टोनले जोश इंगलिससँग तेस्रो विकेटको लागि ३९ रनको साझेदारी गर्दै पर्थको इनिंग्स सम्हाले। लिभिङ्गस्टोनलाई जॅक्सन बर्डले जॉर्डन सिल्कबाट क्याच आउट गराएपछि सिक्सर खेलमा फर्कियो।
त्यसपछि बेन ड्वार्सियसले एकै ओभरमा मिचेल मार्श र इंगलिसलाई पेभेलियन फर्काउदै सिक्सरको जित पक्का गराएका थिए। ॲरन हार्डीले अन्तिममा १३ बलमा अविजित २६ रन बनाएता पनि टिमको हार टार्न सकेनन्। पर्थको ब्याटिंगमा कुनै पनि उल्लेखनीय साझेदारी बन्न नसक्दा सिक्सरले मिडल ओभरको खेलमा आफ्नो पकड जमाएको थियो।
सिक्सरको बलिंगतर्फ बेन ड्वार्सियसले (४-०-३७-३) सर्वाधिक ३ विकेट लिए। निकै किफायती बलिंग गरेका जॅक्सन बर्ड, सिन एबोट र ड्यानियल क्रिस्टियनले समान २ विकेट लिए।
Ladies and gents, the @SixersBBL! #BBL10 pic.twitter.com/zqBSj7ztk9
— KFC Big Bash League (@BBL) February 6, 2021
यसअघि ब्याट फिलिप हारेर ब्याटिंगको निम्तो पाएको सिक्सरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाएको थियो। उसको लागि ओपनर जेम्स भिन्सले ६० बलमा १० चौका र ३ छक्काको मद्धतमा सर्वाधिक ९५ रन बनाए। उनले क्वालिफायर खेलमा पर्थविरुद्धनै ५३ बलमा अविजित ९८ रन बनाएका थिए।
ओपनर जोश फिलिप ९ रनको व्यक्तिगत स्कोरमा रन आउट भएपछि भिन्सले दोस्रो विकेटको लागि डेनियल ह्यूजसँग ३८ तथा तेस्रो विकेटको लागि कप्तान मोइसेस हेनरिक्ससँग ४८ रनको साझेदारी गर्दै सिक्सरको इनिंग्स सम्हालेका थिए। भिन्सलाई फवाद अहमदले आउट पारेपछि ड्यानियल क्रिस्टियनले १४ बलमा २०, कार्लोस ब्रेथवेटले ६ बलमा १० तथा जॉर्डन सिल्कले ११ बलमा १७ रनबनाउँदै सिक्सरलाई विशाल योगफलतर्फ डोर्याएका थिए।
पर्थको बलिंगमा एन्ड्रयु टाय र जाय रिचार्डसनले समान २ तथा फवाद अहमदले १ विकेट लिएका थिए।
प्रतियोगिताको अवार्ड विजेता र तथ्य :-
प्लेयर अफ द म्याच (फाइनल) : जेम्स भिन्स
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी : जोश फिलिप (सिड्नी सिक्सर)
प्रतियोगितामा सर्वाधिक रन बनाउँने खेलाडी : एलेक्स हेल्स (सिड्नी थंडर) (५४३ रन)
प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी : जाय रिचार्डसन (पर्थ स्कोचर्स) (२९ विकेट)
सर्वाधिक शतक : एलेक्स हेल्स (सिड्नी थंडर) र एलेक्स क्यारी एडिलेड स्ट्राइकर्स) समान १ शतक
सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी : क्रिस लिन (ब्रिसबेन हिट) – ५
सर्वाधिक व्यक्तिगत स्कोर : एलेक्स हेल्स – ११०
सर्वाधिक चौका हिर्काउने खेलाडी : जेम्स भिन्स – ५९
सर्वाधिक छक्का हिर्काउने खेलाडी : निकोलास पुरन र एलेक्स हेल्स – समान ८
सर्वोत्कृष्ट बलिंग फिगर : मुजिब उर रहमान (ब्रिसबेन हिट) – ४-०-१५-५ मेलबर्न स्टार्सविरुद्ध
सर्वाधिक क्याच : जॉर्डन सिल्क (सिड्नी सिक्सर) – १६