राष्ट्रिय महिला लिग : एपीएफको अपराजित यात्रा

राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपीएफले अपराजित यात्रालाई कायम राखेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा बुधवार चन्द्रपुर नगरपालिकालाई ८–० गोलले पराजित गर्दै एपीएफको जितको यात्रालाई कायम राखेको हो ।

एपीएफको जितमा स्टार स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिकसहित ६ र कप्तान अनिता बस्नेतले २ गोल गर्नुभयो । लिगमा एपीएफको यो आठौँ जित हो ।

जितसँगै एपीएफले ८ खेलमा २४ अङ्क जोडेको छ । यो जितले एपीएफको उपाधि होड समेत बलियो बनेको छ । चन्द्रपुरले ८ खेलमा ६ अङ्क जोडेको छ । चन्द्रपुर लिगको छैटौँ स्थानमा रहेको छ ।

लिग अन्तर्गत बिहीबार दुई खेल हुनेछ । पहिलो खेलमा चौदण्डीगढीले वालिङको सामना गर्नेछ । त्यस्तै दोस्रो खेलमा आर्मीले विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ ।

२०७७ माघ २८, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment