रिजवानको शतकमा पाकिस्तानको प्रतिस्पर्धात्मक योगफल

मुहम्मद रिजवानले ६४ बलमा ६ चौका र ७ छक्काको मद्धतमा अविजित १०४ रनको शतकीय पारि खेल्दा दक्षिण अफ्रिका र पाकिस्तानबीच बिहिबार जारि पहिलो टि-ट्वान्टी खेलमा घरेलु टोलि पाकिस्तानले प्रतिस्पर्धात्मक योगफल तयार पारेको छ।

तिन खेलको टि-ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत लाहोरमा जारि पहिलो खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६९ रन बनाउँदै भ्रमण टोलि दक्षिण अफ्रिकालाई १७० रनको लक्ष्य प्रस्तुत गरेको छ। पाकिस्तानले निरन्तर रुपमा विकेट गुमाएता पनि रिजवानले जिम्मेवारीपूर्वक ब्याटिंग गर्दै टि-ट्वान्टी अन्तराष्ट्रिय खेलमा आफ्नो पहिलो शतक पुरा गरे। यससंगै विकेटकिपरको रुपमा तिन वटै ढाँचाको खेलमा शतक प्रहार गर्ने उनि दोस्रो खेलाडी बनेका छन्। न्युजिल्याण्डका पुर्व ओपनर ब्याट्सम्यान तथा कप्तान ब्रेन्डन म्याकुलमले मात्र यसअघि विकेटकिपरको रुपमा तिन वटै फर्म्याटमा शतक बनाएका थिए।

खराब सुरुवात गरेको पाकिस्तानले कप्तान बाबर आजमलाई खाता नखोली रन आउटको रुपमा गुमायो। आजमले १ रन लिन खोज्दा ब्यॉर्न फॉर्टुइनले आफ्नै बलिंगमा मिड विकेट क्षेत्रबाट डाइरेक्ट थ्रो गर्दै उनलाई रन आउट गराएका थिए। त्यसपछि अर्का ओपनर मुहम्मद रिजवानले हैदर अलीसँग दोस्रो विकेटको लागि ३६ रनको साझेदारी गर्दै पाकिस्तानको इनिंग्स सम्हाले। सुस्त सुरुवात गरेको पाकिस्तानले दोस्रो विकेटको रुपमा अलीलाई २१ रनको व्यक्तिगत स्कोरमा गुमायो। उनलाई एंडिले फेलुकवायोले जैक्स स्नीमनबाट क्याच आउट गराएका थिए।

पाकिस्तानले एक किनारबाट निरन्तर रुपमा विकेट गुमाएता पनि रिजवानले जिम्मेवारीपूर्वक ब्याटिंग गर्दै अर्को किनार सम्हालेका थिए। हुसैन तलत १५, इफ्तिकार अहमद ४, खुशदिल शाह १२ तथा फहीम अशरफ ४ रनको व्यक्तिगत स्कोरमा आउट भएता पनि रिजवानले शतकीय पारि खेल्दै पाकिस्तानलाई प्रतिस्पर्धात्मक योगफलतर्फ डोर्याए।

दक्षिण अफ्रिकाको बलिंगमा एंडिले फेलुकवायोले ४ ओभरमा ३३ रन खर्चिएर सर्वाधिक २ विकेट लिए। ब्यॉर्न फॉर्टुइन (३-०-२५-१), लुथो सिपामला (४-०-३७-१) र तबरेज शम्सीले (४-०-२२-१) समान १ विकेट हात पारे।

सिरिज अन्तर्गत दोस्रो खेल शनिबार तथा तेस्रो खेल आताबार खेलिनेछ।

यसअघि दक्षिण अफ्रिका र पाकिस्तानबीच २ खेलको टेस्ट शृंखलामा घरेलु टोलि पाकिस्तानले क्लिन स्विप गरेको थियो। पाकिस्तान पहिलो टेस्टमा ७ विकेट तथा दोस्रोमा ९५ रनले विजयी भएको थियो।

२०७७ माघ २९, बिहीबार मा प्रकाशित