महिला लिग फुटबल : पुलिसद्वारा चन्द्रपुर पराजित, अन्तिम तीनमा पर्ने सम्भाबना जिवितै

नेपाल पुलिसले राष्ट्रिय महिला लिगको अन्तिम तीनमा पर्ने सम्भाबना जिवितै राखेको छ । लिगको दोस्रो चरणको दशौं खेलमा नेपाल पुलिसले चन्द्रपुरलाई हराएर अन्तिम तीनमा पर्ने सम्भाबना जिवितै राखेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा नेपाल पुलिसले चन्द्रपुरलाई ३–० ले हराएको हो । नेपाल पुलिस र वालिङ्गको सामान २३ अङ्क छ । तर वालिङ्ग हेड टु हेड अन्तरको आधारमा ऊ नेपाल पुलिसभन्दा माथि छ । नेपाल पुलिसको जितमा सृजना खड्काले सातौं मिनेटमा गोल गरेर १–० को अग्रता लियो । निर्मला विकले ५४ औं मिनेटमा गोल गरेर अग्रतालाई दोब्बर बनाइन्। रेखा पौडेलले खेल सकिन पाँच मिनेट बाँकी छँदा तेस्रो गोल गरेर नेपाल पुलिसको चन्द्रपुरमाथि ३–० को जित सुनिश्चित गरिन्। रौतहटको चन्द्रपुर भने अङ्कतालिकाको छैठौं स्थानमा छ ।

२०७७ माघ ३०, शुक्रबार मा प्रकाशित